नेपालको एकमात्र सहकारी स्कुलको प्रिन्सिपल कल्पना सँगको संवाद

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २७, २०७४

धादिङ । (व्राईट फ्युचर इङ्लिस बोर्डिङ स्कुल सहकारी संस्था लिमिटेड बेनिघाट रोराङ ३ मलेखु, ०७३ सलको एसईई परिक्षाले चर्चामा आयो । कारण थियो यस विद्यालयमा अध्ययनरत छात्रा अविना अर्यालले जिल्ला कै उत्कृष्ठ नतिजा ल्याईनु । यसै स्कुलका प्रिन्सिपल कल्पना सिलवाल सँग गरिएको छोटो कुराकानी ।)

प्रिन्सिपल भएको कति भयो ?
शिक्षण पेशामा लागेको १२ वर्ष भयो तर प्रिन्सिपलको जिम्मेवारी लिएको चाहि डेढ वर्ष भयो ।

यो पुरुष प्रधान समाज महिला प्रिन्सिपल काम गर्न गह्रो महसुस भएको छैन ?
अहिले त सहजै छ, सुरुको चरणमा चाहि केहि अफ्ठ्यारो जस्तो महसुस भएको थियो । यहिबाट मैले शिक्षण सुरु गरेकोले होला, प्रिन्सिपल भएर काम गर्न विस्तारै सहज बन्दै गयो ।सहकारी संचालक

समितिले तपाईलाई के देखेर प्रिन्सिपल बनायो ?
सायद म पेशा र जिम्मेवारीमा कतव्र्य बोध गर्न सक्ने भैपरी आउने चुनौतीलाई सहजै लिन स सहकार्यका लागि कोर्डिनेट गर्न सकने भएकोले होला उहाँहरुको पूर्ण साथ र सहयोगमा जिम्मेवारी पाएँ ।

यो वर्ष एसईई परिक्षाले चर्चामा ल्याई दियो हैन तपाईलाई ?
अलि अलि सत्यता छ ।

जिल्ला कै उत्कृष्ठ नतिजा तपाई विद्यार्थीले ल्याएको खवर कसरी पाउनु भो ?
जिल्ला कै उत्कृष्ट नतिजा ल्याएको सुन्दा निकै खुसी भए, उत्कृष् हो कि होइन कन्फ्यूजन मेट्न जिल्ला शिक्षा कार्यालयमा कल गरें थाहा छैन भन्यो, अन्य शैक्षिक स्रोतले पनि त्यस्तै भनि रहेको बेला जिल्ला कै लोकप्रिय अनलाईन धादिङपोष्ट डटकमले फोटो नै हालेर समाचार पोष्ट गरेपछि चाहि पुर्ण ढुक्कका साथ खुसी सेयर गरेको थिए ।

शिक्षणमा तपाईने भिन्न विधि केहि प्रयोग गर्नुभएको छ ?
हामीले कार्ड सिस्टमको विधि प्रयोग गरेका छौ यो विधिले राम्रा विद्यार्थीलाई पुरस्कृत र कमजोर विद्यार्थीलाई सन्तोना र शिक्षण सुधारको मापदण्ड तयार गर्न निकै सहयोग गरेको छ । यो विधि शिक्षण पेशामा हामीले सफल हुने दावी पनि गरेका छौं ।

यो एकेडेमी र अन्य नीजि विद्यालय बीच केहि फरक छ ?
यो नेपालको एकमात्र सहकारी स्कुल हो । हामीले सहकारी, जिल्ला शिक्षा कार्यालय र प्याब्सनको नीति मान्नु पर्छ । फरक यक्ति हो ।

विद्यालयको अवस्थाको बारे बताई दिनुन ।
हामीलाई खड्केको विषय भाडामा भवन लिएर पढाई रहेका छौ, जग्गा खरिद गरिएको छ अब भवनको निर्माको चरणमा छौ, ३ वटा गाडीले सिद्धलेक कालिदहबाट, चरौदी खतौटी र गजुरीबाट विद्यार्थी लाने ल्याउने गर्दछ । अहिले विद्यालयमा २२ शिक्षिका र ३ शिक्षक छन् ।

यो पनि पढ्नु होला
अबिना भइन् धादिङ टप