एकीकृत जनक्रान्ति र गतिशील यथार्थ

Avatar photo
Dhadingpost
आइतवार, पुस २६, २०७२

“जनताको सम्पूर्ण जीवन कच्चा मालको खानीजस्तै हुन्छ, यस्तो कच्चा माल जुन आफ्नो स्वाभाविक रूपमा उपलब्ध हुन्छ । जुन अपरिष्कृत भए पनि यो सजीव, समृद्ध र समुपस्थित हुन्छ, त्यससित तुलना गर्दा समस्त कला साहित्य फिका पर्दै आएको देखिन्छ । यही नै जनसाहित्य र जनकलाको अनन्त स्रोत हो किनकि यही कच्चा माल नै त्यसको एक मात्र स्रोत हो । त्यसको अन्य कुनै स्रोत नै हुँदैन ।” – लु सुन
कला साहित्यमा गतिशील यथार्थ भनेको प्रगतिवादी साहित्यिक तथा सांस्कृतिक आन्दोलनसित जोडिएको क्रियात्मक पक्ष हो । गतिशील यथार्थको सामथ्र्य, सीमा र आवश्यकताबोध गर्ने प्रश्न दृष्टिकोणसित अन्तर्सम्बन्धित छ । प्रगतिवादी साहित्यिक तथा सांस्कृतिक आन्दोलनका मुख्य चुनौती भनेको विचारधारात्मक समस्या नै हो । लेनिनले क्रान्तिकारी मजदुर–किसानहरू नै साँचो अर्थमा महान् कलाका अधिकारी हुन् भनेका छन् । माक्र्सले यसको उत्पत्तिको कारकको रूपमा मानवीय श्रमिक क्रियाकलापकै प्रतिफललाई बताए । वास्तवमा कला साहित्य सामाजिक जीवन र वस्तुगत यथार्थको कलात्मक प्रतिबिम्बन हो । रुसमा समाजवादी क्रान्ति सम्पन्न भइसकेपछि लेनिनले समाजवादी–यथार्थवादी कला साहित्यको आवश्यकताबोध गर्दै टाल्स्टाय, चेर्नोशेब्स्की, दोस्तोबस्की, हर्जेनलगायत धेरै साहित्यकारहरूका साहित्यिक कृतिहरूलाई ठूलो परिमाणमा प्रकाशन÷बितरण गर्नुपर्ने बताएका थिए । यसको अन्तर्य भनेको गतिशील यथार्थलाई स्थापित गर्नु थियो । यसमा गतिशील यथार्थ पक्रन स्वप्नशील हुनैपर्छ । सम्पूर्ण जनवादी साहित्य पार्टी साहित्य हुनुपर्ने कुरामा लेनिनको जोड थियो । सांस्कृतिक आन्दोलनको सञ्चालन पार्टी साहित्यले मात्र गर्न सक्छ । यो वर्ग–सङ्घर्षको अभिन्न अङ्ग हो । प्रतिक्रान्तिकारी सङ्कटलाई क्रान्तिकारी सङ्कटले नजितेसम्म हामी कदापि विजय बन्न सक्तैनौँ । कला साहित्य जनताको सम्पत्ति हो । लुना चाल्स्र्की भन्छन्– ‘साहित्यको काम नयाँ मानिस र नवीन जीवन पद्धतिको स्थापना प्रक्रियामा शक्ति र ओज थप्नु हो ।’
प्रगतिवादी साहित्यिक तथा सांस्कृतिक आन्दोलनलाई अझै नयाँ शिराबाट गतिशील यथार्थमा उठाउन जरुरी छ । जनताले चलाएका अनेकौँ मुक्तिकामी सङ्घर्षहरूको सांस्कृतिक संश्लेषण, एक दसकको महान् जनयुद्धमा यसले पु¥याएको अतुलनीय योगदान तथा विगतका केही वर्षहरूदेखि नेपाली क्रान्तिको शान्तिपूर्ण चरणको क्रियाशीलतासँगै अघि बढेको यसको वस्तुनिष्ठ उचाइमा रहेर सांस्कृतिक आन्दोलनका यावत् यक्ष प्रश्नहरूको स्पष्ट उत्तर दिन जरुरी भइसकेको छ । जनयुद्ध समग्रयुद्ध थियो । त्याग–तपस्या–बलिदान एवम् शौर्यपूर्ण कथनी र करणीको एकत्वरूपी अग्निगर्भबाट यसले आफ्नो असाधारण क्षमता मुखरित गरेको थियो । कैयन् पारिस्थितिक र कैयन् वैयक्तिक स्वार्थका कारण यौद्धिक विरासतलाई चौबाटोको धुलोमा फ्याँकिएको यथार्थ जगजाहेरै छ । नेपालको जनसांस्कृतिक आन्दोलनको गौरव, गरिमा तथा यसले गरेको असाधारण अपेक्षाको नियत तथा निगाहलाई हाम्रो जनसांस्कृतिक आन्दोलन, यसले गरेको अपेक्षाका कैयौँ नकारहरूको अस्वीकृत प्रतिबिम्बनमा केन्द्रित रहेर विहङ्गम समीक्षाको आवश्यकता छ । एकीकृत जनक्रान्तिको आलोकमा एक्काइसौँ शताब्दीको एकीकृत र केन्द्रीकृत सांस्कृतिक आन्दोलनको विकास तथा विश्वभरका जनसांस्कृतिक उपलब्धि तथ क्षतिको संश्लेषण र विश्लेषणसहितको सांस्कृतिक थेसिस आजको आवश्यकता हो । जनयुद्धको क्रममा अभिव्यक्त त्याग, बलिदान, शौर्य र सिर्जनाको उच्च कीर्तिमानीहरूलाई ऐतिहासिक रूपमा स्थापित र जीवन्त बनाउन नयाँ पर्वहरू, नयाँ विशेष दिनहरू, नयाँ स्थानहरूलाई नयाँ यथार्थको रूपमा स्थापित गराउनु हाम्रो दायित्व हो । भाषाभाषी, भूगोल, क्षेत्र, जाति, लिङ्ग आदिको आन्तरिक राष्ट्रियताको पहिचान गरी तिनको प्रगतिशील पक्षको सुरक्षा र सम्वद्र्धनमा ध्यान दिनु पनि हाम्रो अर्को कार्यभार हो । डरलाग्दो ढङ्गले मौलाउँदो आत्मकेन्द्री व्यक्तिवादका विरुद्धको सङ्घर्षलाई तीव्रता दिंदै इन्जिनियरिङ सङ्गठनात्मक संरचनाले पैदा गरेका सिर्जनात्मक वातावरणले सांस्कृतिक आन्दोलनलाई ‘बार्गेनिङ क्लब’ भन्दा माथि उठ्न नदिने यथार्थ हामी सबैका सामुन्ने छँदैछ । ‘रूपान्तरण’ को आवश्यकता छ भन्ने संश्लेषण नै अहिलेसम्मको उच्चतम् छ ।
जनयुद्ध सांस्कृतिक क्रान्ति पनि थियो । यसले ‘निरन्तर क्रान्ति जनताका लागि निरन्तर उत्सव पनि हो’ भन्ने लेनिनको भावधारालाई वहन गरेको थियो । अहिले यो भाव माओवादीमा नगन्ने नै छ । यो दुःखद् पाटो हो । क्रान्तिकारीहरूले इतिहासका प्रत्येक घडीमा निरन्तर परीक्षा दिइरहनुपर्छ । आदर्शवान् नेताहरू, बलिदानका प्रतिबिम्बहरू किन गल्र्यामगुर्लुम ढले ? दुस्मनका ठूलठूला सैन्यक्याम्पहरू छिनभरमै ध्वस्त बनाउन सक्ने तागत आज खोइ ? विचारको मान्छे बन्नुको सट्टा असन्तुष्टि पोख्दै अरूको कुरा काटेर समय बिताउने हाम्रो प्रवृत्ति एकीकृत जनक्रान्तिको झन्डामुनि अटाउन असम्भव छ । एउटै आन्दोलनभित्र दुस्मनका विरुद्ध प्रयोग गरिने डिफाइन, डिभाइड, डिमोरलाइज, डिस्ट्रोय तथा क्याप्चरजस्ता विधिहरू आफ्नै वर्गभित्र प्रयोग हुनु एकीकृत जनक्रान्ति मर्म विपरित छ । ‘ड्युटीबिना ब्युटी’ बन्ने होडबाजी यसको मूर्त रूप हो । अराजकता, सङ्कीर्णता र उदारताले प्रगतिवादी कला साहित्य वर्णशङ्कर बन्ने प्रबल खतरा छ । जनसंस्कृति मूलतः आत्मसङ्घर्ष, अन्तरसङ्घर्ष र वर्गसङ्घर्षको एकत्व हो । प्रतिक्रान्ति मडारिइरहेको यतिबेला ‘एकीकृत जनक्रान्ति’ कार्यदिशाद्वारा जनताका कला साहित्यको रक्षा र विकास हुने सम्भावना बढेको छ । यो कार्यदिशालाई सुदृढ र समृद्ध बनाएर मात्र प्रतिक्रान्तिको विरुद्ध क्रान्तिको उठाउनु आजको आवश्यकता हो । साहित्यकारहरू नेताको होइन, क्रान्तिको हतियार बन्न जरुरी छ । जनताका लेखकहरू शब्द–कर्मबीचमा एकत्व बन्नुपर्दछ । क्रान्तिकारी विचार, व्यवहार र स्पिरिटबाट मात्र हाम्रो कला साहित्यले उत्तरआधुनिकतावाद, उपभोक्तावादजस्ता शक्तिशाली दुस्मनको मुकाविला गर्न सकिन्छ । प्रतिधु्रवीय कित्तासित गुत्थमगुत्थ्वाको आजको भीषण लडाइँलाई अझै मात्रा र गुण दुबैमा माथि उठाउन ‘जोन रिड’ बन्न आवश्यक छ ।
प्रख्यातीको शिखरमा रहेको नेपालको क्रान्तिकारी लेखन माओको येनान प्रवचनबाट प्रभावित छ । नेपालका जनसंस्कृतिकर्मीहरू कलम र बन्दुक एकैसाथ लिएर वर्गसङ्घर्षमा होमिए । उनीहरूले सांस्कृतिक पल्टन भूमिका पूरा गरे । सांस्कृतिक पल्टनबारे माओले यथेष्ट चर्चा गरेका छन् । जनताका माझ निकै लोकप्रियता हासिल गरेका संस्कृतिकर्मीहरूमध्ये कृष्ण सेनको नाम अग्रपङ्क्तिमा आउँछ । नेपालको क्रान्तिकारी कला साहित्य कम्युनिस्ट पार्टीको स्थापनासँगै ‘येनान गोष्ठीमा साहित्य र कलाको प्रवचन’ बारे परिचित भएको थियो । यो नेपालका समाजवादी–यथार्थवादी लेखक–साहित्यकारहरूका लागि आधारभूत पाठ्यक्रम बन्न पुगेको छ । मेक्सिम गोर्की, हार्वड फास्ट, लु सुन, प्रेमचन्दहरूबाट नेपालका क्रान्तिकारी साहित्यकारहरू प्रभावित छन् । विक्रमको बीसौँ दसकमा नेपाली साहित्यकारहरू नक्सलवादी आन्दोलनबाट पनि प्रभावित भए । नक्सलवादी आन्दोलनमा सहादत प्राप्त गरेका क्रान्तिकारी लेखकहरूबाट पनि यो पङ्क्ति ओतप्रोत रह्यो । चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिबाट नेपालका क्रान्तिकारी साहित्यकारहरू सघन रूपमा प्रभावित छन् । जनयुद्ध र नेपालका क्रान्तिकारी लेखक साहित्यकारहरूले पारिस्पारिक रूपमा प्रशस्त ऊर्जा ग्रहण गरेका छन् । जनयुद्धले क्रान्तिकारी लेखकहरूलाई आफ्नो लेखनधर्मितामा नवीन यथार्थका माध्यमबाट नयाँ विषय, नयाँ लेखन सामग्री, नयाँ लेखन र उद्देश्य दिएको छ । आधार इलाका, जनसेना, समग्र जनजागरणगत यसका प्रेरक मूल्य हुन् । यही प्रेरणाका कारण साहित्यमा बन्दुक, छापामार, युद्ध, परिवर्तन, रूपान्तरण, बलिदानका विषयले प्रविष्टि पाएका हुन् । नेपालमा नेकपाको स्थापनासँगै सामान्तवाद–सामाज्यवाद विरोधी सौन्दर्य चेतनाका प्रवेश भएको हो । त्यसको उच्चतम् रूप जनयुद्धीय सौन्दर्य चेतनाले अभिव्यक्त छ । यसको कडी अब एकीकृत जनक्रान्तिले जोड्ने हाम्रो जिम्मेवारी हो । सामन्तवादी, साम्राज्यवादी, विस्तारवादी तथा सबैखाले शोषण दमनको अन्त्य गरेर नेपालमा जनगणतन्त्र स्थापना गर्ने लक्ष्य अझै पूरा भएको छैन । यसलाई पूरा गर्नका लागि ‘रातो लालटिन’ र ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ का आदर्शलाई पछ्याउनु अनिवार्य छ । हाम्रो कला साहित्य यही भावभूमिमा अघि बढ्नु अहिलेको आवश्यकता हो ।
जनयुद्धबाट सिर्जित सबै किसिमका यथार्थको समष्टि नै गतिशील यथार्थ हो । कला साहित्यमा जनयुद्ध फौजी, सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक आदि क्षेत्रको प्रतिबिम्बन विभिन्न ढङ्गले हुँदै आएको छ । कलम, बन्दुक र मादलको संयोजन जनयुद्धको प्रतिबिम्बन काव्य, कथा, उपन्यास, निबन्ध, संस्मरण, नाटक, चित्र, मूर्ति, चलचित्रमा जनआकाङ्क्षा प्रतिबिम्बित भएका छन् । हामीले जनयुद्धको सौन्दर्यशास्त्रलाई मालेमावादी सौन्दर्यशास्त्रको रूपमा चर्चा गर्ने गरेका छौँ । सबैभन्दा वैज्ञानिक रचना विधि समाजवादी यथार्थवादीले कुरूप संसारको ध्वंस र नयाँ निर्माण गर्ने लक्ष्य बोकेको हुन्छ । यो पुरानोको ध्वंस, अग्रगमन र नवनिर्माण, क्रान्तिको सौन्दर्यशास्त्र हो । कला साहित्य मूल्याङ्कनको आधारभूत मापदण्ड सत्य, शिव र सुन्दर हुन् । जनयुद्धको सौन्दर्यशास्त्रीय मूल्यहरू श्रमजीवी मुक्तिकामी नेपाली जनताका आकाङ्क्षा र हितबाट निर्देशित छन् । तिनमा राष्ट्रियताको प्रखर स्वर, अन्तर्राष्ट्रिय चेतना आदि प्रबल भएका छन् । माओले वर्गीय राजनीतिले कला साहित्यलाई दिशानिर्देश गर्दछ भनेका छन् । विचारधारात्मक पक्ष नै कला साहित्यभित्रको रूपान्तरणकारी तत्व हो, जो वर्गीय रूपमा सदैव जनहितसँग जोडिन्छ ।
सांस्कृतिक क्रान्तिको गरिमामय दशकमा वासन्तिक उज्यालो थियो र चराचुरुङ्गी गाउँथे र झुम्थे । मजदुर, किसान, सेना महान् क्रान्तिकारी आन्दोलनमा संलग्न जाँगरिला सिपाहीहरूको वीरता र पुरुषार्थका लागि असीम प्रशंसा थियो । वाचन गर्न सकिनेभन्दा पनि बढी सैनिक काव्य र कविताहरू थिए । मजदुर, किसान र साथसाथै प्रविधि र राष्ट्रिय सुरक्षाका विकास र प्रविधि र राष्ट्रिय सुरक्षाका विकास र प्रगति अङ्कित तस्बिरहरू असङ्ख्य थिए । त्योभन्दा पनि बढी समाजवादको निर्माणको मार्गमा पुरानोलाई फाली नयाँलाई प्रादुर्भाव हुन दिने र साथै रमाइला, प्रोत्साहित पार्नेखालका क्रान्तिकारी साहित्यिकहरू थिए तर आज सर्वहारावर्गको साहित्यिक क्षेत्रलाई तहसनहस पार्न खोजिँदैछ । पुँजीवादी पतीत अश्लील नाङ्गा तस्बिरहरू, कसिएको पाइन्ट, लामो कपाल, कालो चस्मा, डिस्को र छाडा सङ्गीतहरूको तस्करी र बजारीकरण गरिरहेका छन् । क्रान्तिकारी परम्परासम्बन्धी शिक्षा, साधारण जीवनशैली सबै यी मुट्ठीभरका पुँजीवादी मार्गमा संलग्नहरूलाई हामी सोध्न चाहन्छौं– के तिनीहरूको मन मस्तिष्कमा एक रत्ति पनि मालेमावादी सिद्धान्त बाँकी छ ? एउटा उखान छ– बाइबलका शब्दहरू प्रयोग गरेर मानिसहरूलाई मूर्ख बनाउनमा सैतान नै सबभन्दा बढी सिपालु हुन्छन् । ठीक त्यस्तै गैर–माक्र्सवादी–लेनिनवादी गद्दारहरू र सबैखाले संशोधनवादीहरू नै माक्र्स–लेनिनका उत्कृष्ट रचनाका स–साना अंशहरूलाई आफ्नो छद्म उद्देश्यका खातिर बङ्गाइटिङ्ग्याइ प्रयोग गर्दैछन् । यो संशोधनवादीहरूको मूल चरित्र हो ।
माक्र्सले भने– “व्यवहार नै सत्य जाँच्ने आधार हो ।” हाम्रो आन्दोलनमा लागेका केही मानिसहरूका सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर देखिन्छ । उनीहरूले सिद्धान्तको एक सानो अंशलाई पूर्णतामा लगेर व्याख्यान गरिरहेका छन् । उनीहरू दर्शनमा एकाथरी र व्यवहारमा अर्काथरि भइरहेका छन् । पुँजीवादीबाट डामिएको षड्यन्त्रकारीले यस टुक्रालाई “पूर्ण” “एक मात्र” प्रमुख सिद्धान्त बनाए तर यस “एक मात्र” सिद्धान्तले न सर्वहारा क्रान्तिकारी हितलाई सहयोग गर्छ, न त सम्पूर्ण जनताको नै र यसले बुर्जुवा अधिनायकत्वलाई चलाउन र मुट्ठीभर व्यक्तिहरूको व्यक्तिगत हित र विशेष सुविधाहरूको रक्षार्थ पार्टी सत्ता कब्जा गर्नमा पुँजीपन्थीहरूको मात्र सेवा गर्दछ । अतः मालेमावादद्वारा भौतिकवादी सिद्धान्तको रूपमा मान्यता प्राप्त यस सिद्धान्त उनीहरूको हातमा पूर्ण तथा भिन्दै हुन गएको छ । यो कालो र सेतोमा भ्रम पैदा गर्न गरिएको पाखण्ड । साथै, यो सामन्तवाद, पुँजीवाद र संशोधनवादको आफ्नो भीषण कारोबार एवम् सर्वहारा क्रान्तिकारी खेमामाथि गरिएका निन्दनीय आक्रमणहरूलाई उचित सावित गराउने दुष्प्रयास मात्र हो । दक्षिणपन्थी नवसंशोधनवादीहरूलाई मनपर्दी बग्न धेरै सजिलो हुन सक्छ तर तिनीहरू तीन करोड संयमी शिरहरू र ६ करोड आँखाहरूलाई मूर्ख बनाउनमा कदापि सफल हुने छैनन् । अस्थायी नै भए पनि अहिले प्रतिक्रान्तिकारीहरूको हालीमुहाली बढेको छ । यो मृगलाई घोडा भन्नुजस्तै हो । पार्टीभित्र बुर्जुवाहरूका आक्रमणहरूलाई दबाउन र प्रतिक्रान्तिकारी हावालाई परास्त गर्न सत्तासीन दलाल पुँजीवादीका साथै, दक्षिणपन्थी नवसंशोधनवादी विरोधी अभियान सञ्चालन गर्न आवश्यक छ । यो अभियानमा पार्टीको केन्द्रदेखि जनस्तरसम्म उचित सोपानको बन्दोवस्तीका साथ हुन जरुरी छ । यो सोपानको भूमिका ‘एकीकृत जनक्रान्ति’ नामक कार्यदिशाले गर्न सक्तछ । उपलब्धिको श्रेय लिन होड गर्ने तर सैद्धान्तिक रूपमा गम्भीर विचलनको दिशातिर जाने नेतृत्व वास्तवमा प्रतिक्रान्तिकारी हुन् ।
महान् सांस्कृतिक क्रान्तिले करोडौं जनताको शक्तिलाई एउटा विशाल प्रवाहमा परिचालित गरेको थियो । पहाडहरूलाई हटाउन सक्ने, समुद्रलाई सुकाउन सक्ने, हजारौं चट्याङहरू बराबरको तागत भएको यसले साम्यवाद, पुँजीवाद र संशोधनवादका पुराना नराम्रा र दानवी अवशेषलाई बढारेर लग्यो । इतिहासको निर्माण गर्न यसको मुख्य दिशा सही थियो । दुषित वातावरणलाई फ्याँकेपछि मात्र जनतालाई क्रान्तिकारी भविष्यतिर आशा जगाउन सकिन्छ । यी साक्ष्य सर्वहाराहरूका अमूल्य प्रेरणा हुन् । यसले कला साहित्यको माध्यमबाट जनताको महान् गाथाको दस्ताबेजीकरण गर्न लेखक साहित्यकारलाई ठुलो सहयोग पु¥याउँछ । यो नै गतिशील कला साहित्यको मर्म हो । समाजवादी शिविरबाट प्रतिक्रियावादी शिविरमाथि निरन्तर हमला बोल्ने आँट गर्न आवश्यक छ । यो आगो खाएर अँगार ओकल्ने समय पनि हो । माक्र्सवादी सौन्दर्य चिन्तन र यथार्थवादी साहित्य कलाले मानव जीवनको सौन्दर्यात्मक सङ्घर्षलाई आत्मसात् गरेको हुन्छ । सौन्दर्यको वर्गीय मूल्य हुन्छ र विमानवीकरण पँुजीवादी मूल्य हो ।
सुन्दर समाजको सिर्जना गर्ने उद्देश्यका साथ गरिएको उत्सर्गको कलात्मक इतिहास प्रगतिवादी साहित्यको उन्नतस्तर हो । विचलनका विरुद्ध कडा सङ्घर्ष, माक्र्सवादप्रति गहिरो आस्था र क्रान्तिचेतको सौन्दर्य अहिले पनि मुखरित भइरहेकै छ । एकीकृत जनक्रान्तिमार्फत् नेपालमा जनक्रान्ति सम्पन्न हुने प्रवल सम्भावना भएकोले यही भाव मुखर हुनेगरी हाम्रा सिर्जनकर्म तीव्र हुन आवश्यक छ । त्याग, शौर्य र बलिदानको शिखरमा खडा भएको कला साहित्य प्रगतिवादी साहित्यको नयाँ यथार्थवादी धारामा विशिष्ट प्राप्तिको रूपमा स्थापित छ । कार्यदिशा सही हुनु÷नहुनुले सबै कुराको निक्र्यौल गर्दछ भनेजस्तै क्रान्तिकारी विचारका साथ क्रान्तिकारी कार्यदिशाको सफल कार्यान्वयनले मात्र महान् सहिदहरूका सपना मूर्तीकृत हुनेछ । केन्याका लेखक तथा चिन्तक न्युगी वा थ्योंगोले भन्नुभएजस्तै लेखकको सिर्जनाबाट परजीवीवर्गका विरुद्ध लडिरहेका जनताले प्रेरणा र ऊर्जा पाउनैपर्छ । लु सुनले भनेजस्तै जनताको सम्पूर्ण जीवन कच्चा मालको खानी जस्तै हुन्छ, यस्तो कच्चा माल जुन आफ्नो स्वाभाविक रूपमा उपलब्ध हुन्छ । जुन अपरिष्कृत भए पनि यो सजीव, समृद्ध र समुपस्थित हुन्छ, त्यससित तुलना गर्दा समस्त कला साहित्य फिका पर्दै आएको देखिन्छ । यही नै जनसाहित्य र जनकलाको अनन्त स्रोत हो किनकि यही कच्चा माल नै त्यसको एक मात्र स्रोत हो । यो नै कला साहित्यको गतिशील यथार्थ नाभीकीय सवाल हो । यसर्थ, एकीकृत जनक्रान्तिमार्फत् नयाँ जनवादी क्रान्ति पूरा गर्ने दिशामा लाग्नु नै अहिलेको अहम् प्रश्न हो । क्रान्तिको पूर्णतासँगै कला साहित्यमा गतिशील यथार्थ स्थापत्य हुनेछ । यसर्थ, भारतीय विस्तारवादद्वारा लादिएको अन्यायपूर्ण नाकाबन्दी र यहाँका सत्तासीन दलाल पुँजीवादका विरुद्ध जनतामा उर्लिएको प्रखर राष्ट्रवादी भावनालाई संस्थागत र पुँजीकृत गर्दै एकीकृत जनक्रान्तिको झन्डामुनि गोलबन्द हुँदै जनताका संस्कृतिकर्मीहरू एक ठाउँमा उभिएर स्वतन्त्रता, स्वाधीनता र मुक्तिका दिशामा आ–आफ्ना सिर्जनधर्मितालाई तीब्रता दिनु नै गतिशील यथार्थको अन्तर्य हो । जनसांस्कृतिक क्षेत्रबाट एकीकृत जनक्रान्तिले गरेको अपेक्षा पनि यही हो ।
पुस, २०७२