धादिङमा राहत दिन आयेको अक्सफामले दिएकोे धानको बिउले उब्जनी दिएन

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २२, २०७२

हरिहरसिंह राठौर ।
धादिङ–हरेक वर्ष माना रोपेर मुरी धान फलाउने पृथ्वीराजमार्ग वरपरका किसानहरु खेतमा उम्रेको धान देखेर चिन्तित छन् । छिमेकीका पाकेर काटने वेला सम्म आफना धानका विभिन्न रुप देखे पछि किसानहरु छक्क परेका हुन् । संगै रोपेको वीउ वाट कुनै धानका वाला पाकी सकेका, कुनै वाला आउदैं गरेका र कुनै वालानै नआएर सुक्दै गरेका विभिन्न जातका धानहरु देखा परे पछि सयौं किसान चिन्तित भएका हुन् ।
1पृथ्वीराजमार्ग वरपर वेनीघाट, कुम्पुर, गजुरी, धुषा, र मध्य धादिङका त्रिपुरेस्वर र सत्यदेवीमा करिव ३० हजार रोपनी खेतमा धान रोपेका भुकम्प पिडित किसानहरु लाई निशुल्क धानको वीउ वितरण गर्न जिम्मा लिएको सदरमुकाम स्थित साना किसान सहकारी संस्था लिमिटेडले धानबीउ भनेर मीलको धान वितरण गरे पछि उत्पादनमै समस्या आएको हो ।
सहकारीले वाट निशुल्क लिएको वीउ यौटै खेतमा संगै रोपे पनि रंगीविरंगी धानका वोट र आधा पाक्न थालेका, आधा निकै होचा, भए पछि डेढ सय किसानहरुले जिल्ला कृषि विकास कार्यालय, स्थानीय प्रशासन र कृषि मन्त्रालयमा गत असोज ६ गते लिखित उजुरी गरेका थिए । उजुरी लगत्तै असोज १० गतेको जिल्ला दैवी प्रकोउ उद्धार समितीको वैठकले जिल्ला कृषि विकास कार्यालयका प्राविधक सहायक दुर्गादत्त पन्थीका संयोजकत्वमा ४ सदस्यीय छानविन समिती गठन गरेको थियो ।
भुकम्प लगत्तै यसै पुस मसान्त सम्म २० करोड खर्चिने गरि आएको अन्तराष्ट्रिय गैसस अक्सफाम नेपालले गत जेठ २१ गतेको जिल्ला दैवी प्रकोपको वैठकमा स्थानीय साना किसान सहकारी मार्फत १२ दशमलव ३ मेट्रिक टन स्तरिय धानवीउ २० केजीका दरले वितरण गर्ने सहमती लिएको थियो । तत्कालिन समयमा साना सहकारीले वीउ खरिद गरि खाद्यान्न लगायत राहत पाएका भुकम्प पिडीत ६ गाविसका ६ हजार १ सय ८८ किसानहरुलाई वीउ वितरण गरेको थियो ।
उक्त कार्यक्रमका लागी वीउ खरिद र वितरण गर्न अक्सफाम नेपालले सहकारीलाई ५६ लाख रकम उपलव्ध गराएको थियो ।
‘वेनीघाट, कुम्पुर र धुषामा १२ दशमलव ३ मेटन सावित्री र मनकामना जातको वीउ वितरण गर्ने जिम्मा लिएका सहकारीले ६ गाविसमा करिव १ सय २३ मेटन(४९ हजार १ सय ९२ रोपनी) लाई पुग्ने १ लाख २२ हजार ९ सय ८० केजी वीउ खरिद र वितरण गरेको विल पेश गरेको–छानविन समितीको प्रतिवेदनमा उलेख छ । प्रतिवेदनमा मुश्किलले कुल ३० हजार रोपनी धानखेत नभएका गाविसमा ५० हजार रोपनी लाई पुग्ने धानवीउ वितरण गरिएको र यौटै किसान लाई २० केजी देखि १ सय २० केजी सम्म दिएको र खेत नहुने किसानले अन्तै वेचेको, कुटेर खाएको समेत उल्लेख छ । प्रतिवेदनमा ५० देखि ७५ प्रतिशत धानवाली उव्जनी घटने उल्लेख छ ।
Rice_Dhading (2)सदरमुकामको दवाडी एग्रोभेट वाट १७ टन र अरु धान चितवन वाट खरिद गरिएको भए पनि सककली वीउ जुटको वोरामा रहेको र नक्कली लेवल नभएको प्लाष्टिक वोरामा वितरण गरिएको उल्लेख छ । यसै वीउ वाट पिडित गजुरी १ मलेखुका किसान उत्तम कडेलले –‘जुटको वीउ रोप्ने भन्दा प्लाष्टिकको वोराको वीउ रोप्नेहरु मर्कामा परको वताए । छानविन समितीले जुटको वोरामा प्याक भई आएको वीउ, बीउ उत्पादक कृषक समुह पटिहानी चितवनको बीउ भएको उल्लेख गर्दै प्लाष्टिक वोराको धानमा महोत्तरी लेखिएको पाईएको समेत उल्लेख छ । जिल्ला स्थित वितरण जिम्मा लिएको सहकारीले हेटौंडा, चितवन र स्थानीय एग्रोभेटको ४५ रुपैंया प्रतिकेजीका दरले खरिद गरिएको विल पेश गरेकोछ ।
‘ भुकम्प पिडित किसानहरु लाई राहतका नाममा धानको वीउ भन्दै तराईवाट धान वितरण गरेर नराम्ररी झुक्याएको कुम्पुर–३ का कृषि राजकुमार थपलियाले वताए । थपलियाका अनुसार –‘हामी लाई उन्नत र गुणस्तरिय भनेर वितरण गरिएको सावित्री धान जिल्लामै प्रतिकेजी २५ रुपैंया पनि नपर्ने भएकोले खरिदमै अनियमितता भएको ’–वताए ।
राहतका नाममा वेनीघाट र धुषाका एक अना जग्गानै नभएका चेपाङ्गहरु लाई पनि धानवीउ वितरण गरिएकोछ । ‘खेत नभएकाहरु संग खेत भएका धेरै किसानहरु संग सस्तोमा वीउ धनेर अन्य ठुला किसानहरुले खरिद गरेर रोपे पछि पछुताएका छन्’–राजमार्ग संगै जोडिएको वेनीघाट–८ वाहुनटारका किसान कृष्णवहादुर क““डेलले वताए । साना किसान वाट २० केजी वीउ लिएका कंडेलले अरु थप वीउ खेत नहुने चेपाङ्ग हरु संङ्ग ३० रुपैंया प्रतिकेजीका दरले खरिद गरेका थिए । उनले आफनो ३२ रोपनी खेतमा रोपेको धान समावेसी रुपले उम्रेकोछ ।
धानको वीउ वाट मर्का परेका किसानहरुको तर्फवाट प्राप्त उजुरीमा भुकम्प पिडितहरु लाई ठगी गर्ने स्थानीय वा अन्र्तराष्ट्रिय गैसस जो कोही लाई पनि दिर्घकालिन कार्यक्रममा रोक लगाईनु पर्ने र कार्वाही गर्नु पर्ने ’–राय व्यक्त गरेका थिए ।
जिल्ला दैवी प्रकोप उद्धार समितीको वैठकमा प्रतिवेदन पेश भए लगत्तै वैठकमा भुकम्प पिडित किसानहरु लाई ठगी गर्ने संस्था लाई आगामी दिनमा थप कार्यक्रम गर्न नदिने समेत कुरा उठाईएको थियो । नेपाली कांग्रेस सभापति एवं जिल्ला दैवी प्रकोप समितीका सदस्य रामनाथ अधिकारी, नेकपा एकाले जिल्ला अध्यक्ष भुमी त्रिपाठी, एमाओवादी अध्यक्ष रामवहादुर भण्डारी लगायतका वक्ताहरुले पिडितका नाममा ठगी गर्ने स्थानीय, अन्र्तराष्ट्रिय गैसस समेत लाई थप कार्यक्रम संचालनमा रोक लगाई कार्वाही गर्नु पर्ने वताए ।
जिल्ला दैवी प्रकोप उद्धार समितीको नियमित वैठकमा उपस्थित अक्सफाम नेपालका प्रतिनिधी बाल ठकुराठीले ‘धान वीउका कारण उव्जनी घटने र वीउ खरिदमा अनियमितता संवन्धि संस्थागत थप अध्ययन र अनुसन्धान भैरहेको’–वताएका छन् ।
भुकम्प पिडितहरु लाई वीउ खरिद गरि वितरण गर्ने जिम्मा लिएका सहकारी संस्थाका अध्यक्ष शिव भण्डारीले वीउको गुणस्तर वारे कान्तिपुरको जिज्ञासामा –‘ त्यति वेला १ सय २३ मेटनको परिणामा वीउकै लागी छनौट गरिएको गुणस्तरिय निर्यातकर्ताहरु नभएकै कारण धान पनि खरिद भएको हुन सक्ने ’–वताएका छन् ।
जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृतका अनुसार समयमै वीउ वितरण पनि हुन नसक्नु, सिंचाई , वीउको गुणस्तरले उत्पादनमा प्रभाव पार्ने वताउंदै’–जिल्ला दैवी प्रकोप उद्धार समिती संग १२ टन वितरण गर्ने अनुमती लिएर लापरवाहीपुर्ण तवरले किसानहरुको वर्ष दिनको आम्दानीमै खेलवाड गर्नु उपयुक्त नभएको वताउंदै संस्था लाई थप कार्यक्रम गर्न दिने नदिने वारे जिल्ला स्तरमा छलफल हुने वताएका छन् । साभारः कान्तिपुर