५ घण्टा हिडेर तरकारी बेच्न आउछन् किसान

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २९, २०७२

धादिङ । तरकारी खेतीको सिजन सुरु भएदेखी नै जोगिमारा स्थित बिकट गाउँ वेइराङ गाउँका कान्छा चेपाङलाई फूर्सद निकालेर समेत बस्ने समय छैन ।
यो समय तरकारी उत्पादनको समय भएको कारण तरकारी बोकेर दैनिक रुपमा ३–५ घण्टा लगाएर तरकारी बेच्न मझिमटार आउनु पर्छ कान्छा चेपाङ उनको टाउँकोमा नाम्लो र पिठ्यूमा डोकोको डाम बसेको छ उनको अहिलेको दैनिकी नै हो यो ।
OLYMPUS DIGITAL CAMERAमझिमटारमा रहेको अको कृषि बहुद्देश्यीय सहकारी संस्थाले तरकारी संकलन केन्द्र संचालनमा ल्याएपछि कान्छा चेपाङ जस्ता धेरैले तरकारी उत्पादन गरेरै आफ्नो जीविका निर्वाह गर्न सुरु गरेका छन् । चेपाङ त प्रतिनिधि पात्र मात्रै हुन् । जोगिमारा मात्रै होइन उनीजस्ता सयौंको संख्यामा जोगिमारा र धुषाका किसानहरु केन्द्रमा आउने गरेका छन् ।
मझिमटार, धुषा, चरौंदी लगायतका क्षेत्रमा व्यवसायीक तरकारी उत्पादनले पुरानो कृषि प्रविधिमा केही परिवर्तन नै गरेपछि जोगिमाराका चेपाङ समूदायमा समेत तरकारी खेती गर्ने आकर्षण बढेको छ, विकट क्षेत्रका चेपाङहरु समेत तरकारी बेच्न सहकारीको तरकारी संकलन केन्द्रमा आईपुग्ने व्यवस्थापक भोजराज श्रेष्ठले जानकारी दिनु भयो ।
OLYMPUS DIGITAL CAMERAयस तरकारी संकलन केन्द्रमा धुषाका दाङ्ना, चैलिङ भञ्ज्याङ, जोगिमाराका वैराङ, भारपाङ, पिपलडाँडा, सिलाङदोङ, ढिङवाङ र गोईराङ लगायतका ठाउँहरुबाट तरकारी बेच्न चेपाङहरु आउने गरेको सहकारीका व्यवस्थापक भोजराज श्रेष्ठले बताउनुभयो ।
ती ठाउहरुबाट तरकारी बोकेर संकलन केन्द्रमा आईपुग्नै २ देखि ५ घण्टासम्म लाग्ने व्यवस्थापक श्रेष्ठ बताउनुहुन्छ । उति टाडाबाट तरकारी बोकेर चेपाङहरु असिनपसिन भएर आउँछन् तरकारीको भाउ अस्थिर हुने हुँदा भाउ घटेको बेला उनीहरुको श्रम ज्याला समेत उठ्दैन अब घिउसिमिको भाउ बढ्ला जस्तो छ भन्दै खुसी भए धुर्षाङका कृषक दलबहादुर चेपाङ । २५ रुपैयाँमा बिक्री गरेको लौका १८ मा आउँदा आफूहरुमा चिन्ता परेको बताउँदै उनले । गाउँका किसानहरुले अहिले सिमी, लौका, तने बोडी र चौमासे बोढी लगायतको तरकारी बेच्न ल्याउने गरेका छन् ।
OLYMPUS DIGITAL CAMERAबिहानै ४ बजे खाना खाएर आउँछौ, सुरु–सुरु आउन सकिदैन बिसाउँदै विसाउँदै आउँदा १२ बज्छ तरकारी खेती नगरुम् पनि मर मसला किन्न सकिदैन ? तरकारी बेचेर खाजा खादै गरेका चेपाङ बताउँछन् । संकलन केन्द्रमै खुल्ला रुपमा करुवा नामको रक्सी पिउँदै गरेका ति चेपाङल थकाई मार्न थोरै रक्सी पएिको बताए ।
OLYMPUS DIGITAL CAMERAथाकेर आउनु भाको छ यस्तो घाम चर्कोमा रक्सी खानु हुँदैन भन्ने प्रश्नमा ‘धेरै हैन अलि अति त हुन्छ यो नखाई फेरि कसरी उकालो लाग्ने ?’ हाँस्दै उत्तर दिए । संकलन केन्द्र नजिक एउटा घुम्ती पसल मात्र देखिन्छ, त्यहाँ नै तरकारी बेच्न आउने चेपाङहरु मदिरा पिउने गर्छन् ।