स–सना बालबालिकाका ठुला–ठुला काम

Avatar photo
Dhadingpost
सोमवार, साउन २५, २०७२

मनिष दुवाडी, धादिङ। साना कक्षामा पढ्दै गर्दा सदरमुकाम धादिङवेशीका विभिन्न विद्यालयका अध्ययन गरिरहेका केही सक्रिय बालबालिकाहरु मिलेर एउटा क्लव स्थापना गरे ‘चाइल्ड युनिटि’ । बालबालिकाहरुको सस्था भएपनि भुकम्प पछि उनीहरुले गरेका कामहरु भने कुनै आइएनजीओको भन्दा कम छैन ।
???????????????????????????????बैशाख १२ गतेको विनाशकारी भुकम्प गएको बेला उनीहरु काठमाण्डौको विभिन्न इन्स्टिच्युटहरुमा उच्च शिक्षा अध्ययन गर्नको लागि व्रिज कोर्श गर्दै थिए । भुकम्प गयो, देशभर त्यसले ठुलो विनाश निम्त्यायो । सुरुमा त उनीहरु परिवारको सम्पर्कमा आए त्यसपछि साथीभाइको खोजी भयो । काठमाण्डौमा विभिन्न ठाउँमा छरिएर रहेका उनीहरुलाइ काठमाण्डौको विनाश र ऐतिहाँसिक संरचनाहरुमा पुगेको क्षति भन्दा पनि आफु जन्मेको र हुर्केको गाउँ ठाउँ धादिङमा के भयो होला भन्ने सोच आयो र सम्पर्कमा आएका साथीहरु सहित १३ गते नै धादिङवेशी आइपुगे ।
???????????????????????????????जव धादिङवेशी आइपुगे उच्च शिक्षा अध्ययन गर्नको लागि काठमाण्डौ जाँदा सकुशल छोडेर गएको धादिङवेशी पहिले जस्तो थिएन । जताततै भत्किएका संरचना, अस्पतालमा घाइतेहरुको असरल्ल, संचारसम्पर्क र विद्युत सेवा विच्छेद । यी सवैथोक विनाशकारी भुकम्पका कारण भएको थियो । विभिन्न संघ सस्थाका स्वयंसेवकहरु घाइतेहरुको उपचारको लागि र उद्धारको लागि खटिरहेका बेला उनीहरुले भने बैशाख १४ गतेदेखि नै सदरमुकाम धादिङवेशीको बीचबजारमा निशुल्क सार्वजनिक टेलिफोन सेवा सुचारु गरे । भुकम्पका कारण भौतिक संचरनाहरु ध्वस्त भएपछि विद्युत र मोवाइल सेवा ठप्प भएको थियो । स्थानिय मेरो क्याफेको ल्याण्डलाइन फोनलाइ सडकमा नै ल्याएर निशुल्क फोन गर्ने सुविधा सुरु गरे । चाल्ड युनिटिका सदस्य नविना मिँयाले भनिन, ‘घरपरिवारबाटा टाढा रहेका र भुकम्प पछि घरपरिवारमा सम्पर्क गर्न नसकेका ५ सय भन्दा बढी ब्यक्तिहरुलाइ हामीले निशुल्क टेलिफोन गर्ने ब्यवस्था मिलायौँ । मोवाइलमा टावर थिएन, बत्ती थिएन ।
हामीले सडकबाटै निशुल्क फोन गर्ने सुविधा दिँदा परिवारमा समपर्क गर्न नसकेर छट्पटिएर रहेको कतिपय मानिसहरु खुसी भएर पैसा पनि सहयोग दिन्थे तर हामीले लिएनौँ ।’ १२ गतेको भुकम्पको विनाशपछि १६ गतेसम्म उनीहरुले सडकबाटै निशुल्क टेलिफोन सेवा दिइरहे । ७÷८ कक्षा पढ्दादेखि नै गुरुहरु र अग्रज दाजुहरुको सल्लाहमा ‘समृद्ध धादिङ’ (द्यभततभच म्जबमष्लन) को परिकल्पना गरेर खाजा खर्च जोगाएर जम्मा भएको पैसाले विद्यालय तथा टोलहरुमा जनचेतनामुलक विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको थिए । १७ गतेदेखि मोवाइल नेटवर्क र विद्युत सेवा सुचारु भएपछि निशुल्क टेलिफोन सेवा बन्द गरेर उनीहरु जिल्ला अस्पतालमा सहयोग गर्न गए । १२ गतेको विनाशकारी भुकम्प र त्यसपछि लगातार आइरहेको पराकम्पनका कारण कोहीपनि घरभित्र सुत्न सकेका थिएनन । सदरमुकाम आसपासका खाली चौरहरु त्रिपाल र टेन्टले पुरै भरिएको थियो ।
त्यसपछि उनीहरुको समुहमा भएका २० जनामध्ये टीम बाँडिएर कोही जिल्ला अस्पतालमा आएका घाइते र विरामीकुरुवाहरुलाइ पानी बाड्न सहयोग गरे भने कोही शिविरहरुको सरसफाइ र निशुल्क पानी वितरण गरे । जिल्ला दैवि प्रकोउ उद्धार समिति र रेडक्रससंग समन्वय गरेर करिव ४ हजार बोत्तल मिनरल वाटर निशुल्क वितरण गरे । प्राज्ञिक विद्यार्थी परिषदले देशका अन्य जिल्लावाट पठाएका खाद्यसामाग्रीहरु पनि उनीहरुले अतिविपन्न भुकम्पले गर्दा चौरमा त्रिपालमा बसेका बुवाआमासंगको अनुमती वेगर पनि उनीहरु स्वयंसेवकको रुपमा भुकम्प पिडितहरुको सेवामा खटिरहेका थिए ।
चाइल्ड युनिटिकै सदस्य रोशन कोइरालाले भने, ‘विहान घरमा खाना खाएर निक्लिएपछि एकैचोटी बेलुका खाना खान घरमा पुग्थ्यौँ । ममीबुवाले गाली पनि गर्नुहुन्थ्यो तर हामीले गरिरहेको कामबारे उहाँहरुलाइ थाहा थिएन ।’ भुकम्पले गर्दा सवै विद्यालयहरु पनि बन्द भएकाले विद्यालय पढ्दै गरेका बालबालिकाहरु फुर्सदिला त थिए नै त्यसमाथी पनि सामाजिक काममा पहिलेदेखि नै सक्रिय उनीहरुलाइ भुकम्प पछि स्वयंसेवकको रुपमा काम गर्न थप प्रेरणा मिल्यो ।
???????????????????????????????उनीहरुको निस्वार्थ स्वयंसेवा देखेर रेडक्रस र उसको साझेदार युनिसेफ पनि प्रभावित भयो र चाइल्ड युनिटिका एस एल सी दिएर बसेका ९ जनालाइ पारिश्रमिक सहित भुकम्प प्रभावित गाउँ गाउँ र त्रिपालको शिविरमा बसेका स्थानियहरुमाझ गएर जनचेतनामुकल सन्देश प्रभाव गर्नको लागि खटायो । युनिसेफ, चङगा म्यागेजिन र युवालय को सहयोगमा चाइल्ड युनिटिका ९ जना सदस्यहरु भुकम्पबाट प्रभावित धादिङका ५ गाउँ विकास स्वास्थ्य र सरसफाइ सम्वन्धी जनचेतना जगाउदै हिडे । चाइल्ड युनिटिका सदस्य इश्वर श्रेष्ठ अहिले भुकम्प पछिका दिन सम्झदै भने, ‘बैशाखको २४-२५ गते तिरबाट हामी गाउँ हिड्न सुरु ग¥यौँ ।
हामी गाउँमा पुग्दा कोही पनि घरमा बसेका थिएनन । सवै गाउँलेहरु विद्यालय तथा खुल्ला चौरमा सामुहिक रुपमा त्रिपालमा बसेका थिए । त्यहा हामीले रेडक्रस र युनिसेफको वास कार्यक्रमको भुकम्प पछि पानीको प्रयोग, पोषण, शिक्षा, स्वास्थ्य, सरसफाइ, महिनावारी हुँदा ध्यानदिनुपर्ने कुराहरु घर बाहिर बस्दा आमा बच्चाको स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराहरु लगायतका बारेमा जनचेतनामुकल कक्षाहरु संचालन गर्दे हिड्यौँ ।’ घरगोठ भत्केर मानसिक रुपमा विचलित भएकाहरुलाइ मनोपरामर्श दिनपनि उनीहरुलाइ सिकाएको थियो ।
‘५ गाउँ विकास समितिमा पुग्दा हामीले कतिपय ठाउँमा बालबालिका र उनीहरुका अभिभावकहरुलाइ हामीले जति जानेका थियौँ त्यही कुरा सिकाएर मनोपरामर्शको कक्षा पनि संचालन गर्यौँ ।’ अभियानकै सदस्य एन्जीला काप्रीले भनिन् ।
गाउँ–गाउँमा युनिसेफको स्वास्थ्य सरसफाइको कार्यक्रम लिएर जाँदा अधिकाँश ठाउँमा विद्यालयहरु भत्किएको र पठनपाठन नै अवरुद्ध हुने देखेपछि उनीहरुमा शैक्षिक कार्यक्रम पनि संचालन गर्ने सोच पलायो । ९ जना सदस्यहरुले युनिसेफवाट पाएको पारिश्रमिकबाटै केही रकम कटाएर एउटा कोष नै बनाइ ‘हामी पढाउँछौँ’ अभियान सुरु गरे । त्यतिवेलासम्म विद्यालयहरु पनि खुल्न थालिसकेको थियो । सदरमुकामका विभिन्न विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरुले बनाएको क्लव भएकाले सवैले आ–आफ्नो विद्यालयमा पनि यो अभियानको बारेमा जानकारी गराए ।
उनीहरुको काम देखेर शिक्षक तथा धादिङ बेशीका ब्यवसायीहरुले पनि स्वतस्पुर्त रुपमा नगद सहयोग गरे । सडकमै गीत तथा नृत्य सहित साँस्कृतिक कार्यक्रम गरेर सहयोग जुटाए । फेसवुक मार्फत पनि सहयोग जुटाएर एक लाख ५० हजार रुपैया जम्मा पारे । विभिन्न स्कुलमा अध्ययन गरिरहेका बालबालिकाहरुवाट कापीकलम संकलन गरि भुकम्प कारण विस्थापित भएर उत्तरी धादिङमा वाट आएका र सदरमुकामका विभिन्न ठाउँहरुमा विस्थापित जिवन विताइरहेका ३ सय ५० जना बालबालिकाहरुको लागि झोला, कापीकलम र शैक्षिक सामाग्रीहरु वितरण गरे ।
संकलन गरिएका शैक्षिक सामाग्रीहरु पहिलो चरणमा वितरण गरिसकेका छन । एसएलसी दिएर बसेका उनीहरु उच्च शिक्षाको लागि काठमाण्डौ गएका छन तर अहिले पनि विभिन्न बोर्डिङ स्कुलहरुबाट स्टेशनरी सामाग्रीहरु संकलन गरिरहेका छन, फेसवुकबाट विदेशमा भएका नेपालीहरुलाइ आफ्नो अभियानको बारेमा जानकारी गराइरहेका छन ।
आफुहरु धादिङमा नभएपनि चाइल्ड युनिटि धादिङमै रहेकाले यस्तै खाले कामहरु चाइल्ड युनिटिले गरिरहने बताउँछन । चाइल्ड युनिटिका पनि कान्छा सदस्यहरु जो अहिले धादिङवेशीमै अध्ययन गरिरहेका छन उनीहरुले सिनियर सदस्यहरुलाइ उच्च शिक्षाको कामना गर्दे विदाइ समेत गरे । पढ्नका लागि जाने बेलामा भनेका छन ।
‘हामी जहाँ भएपनि हाम्रो अभियान जारी रहनेछ । हामी काठमाण्डौँमा रहेपनि हाम्रा भाइबहिनीहरुले यस्तो कार्यक्रम गरिरहनेछन र हाम्रो सधै साथ रहनेछ ।’ साभारः अन्नपूर्ण पोष्ट दैनिक