राजन अधिकारी
धादिङ जेष्ठ २६ । दक्षिण धादिङमा पर्ने किराञ्चोक गाविसको देभान खर्क, पेटारे, थुम्किडाँडा, भालुखोप लगायतका तामाङ समुदाय गाँस र बासको अरम अभाव झेली रहेका छन् । पृथ्वी राजमार्ग अन्र्तगत पर्ने आदमघाट बजारबाट करिव ५-६ घण्डाको पैदल यात्रा पछि पुगिने यि तामाङ वस्तीमा वैसाख १२ गतेको विनाशकारी भुकम्पले क्षतविक्षत बनाय पछि यहाँको जनजिवन अझ कष्टकर बन्दै गएको हो । तामाङ समुदायको मात्र वसोवास रहेको यि गाउँहरुमा भुकम्पका कारण सवै घरहरु ध्वस्त बनेका छन् ।
भुकम्प गएको २ महिना पुग्नै लाग्दा उनिहरुको बसोवासको अझै ठेगान लाग्न सकेको छैन । विहानको १० बज्दै थियो, दोभान खर्ककी सुन्तली तामाङ सदा जस्तै ढिडो मम्काउँदै थिईन् जेष्ठ महिनाको उखरमाउलो घाममा उनि ५ जना परिवारकोलागी ढिडो मस्काउँदै गर्दा उनको शरिबाट पसिनाको वलिन्धारा छुट्दै थिए । विनाशकारी भुकम्पमा परि उनको गोठमा रहेका १५ वाख्रा र ३ गाई वस्तु समेत मरेका थिए । गर्मि महिना त्यासमाथि खुल्ला आकास मुनि बस्नु पर्ने बाध्यता छ उनि र उनको परिवार लाई, । यो त तामाङ समुदायको प्रतिनिधी उदाहरण मात्र हो । यहि समुदायका यस्ता कयौं वस्तिहरुको स्थिति यस्तै छ । मानविय क्षति कम भए पनि चौपायको क्षति भने अधिक रहेको छ ।
किराञ्चोकका तामाङ समुदायको बाहुल्यता रहेको गाउँहरु जहाँ मोटर बाटो र विद्युतको समस्या त जिउको तिउँ छ, साथै खाद्यान्न र वस्ने वासको पिरलोले सताएको छ, रुहाएको छ तामाङ वस्तिका परिवारलाई । यस्ता समस्या सँगै वर्ष भरि गरेको मेहनतले ३ महिना भन्दा बढी खान नपुग्ने स्थानिय शन्त वहादुर तामाङ बताउँछन् । उनि भन्छन्, “वर्ष भरि लगायर खेती ग¥यो ३ महिनालाई खान पुग्थ्यो,तर अहिले त अतिअलि भएको मकै र कोदो लगायतका सवै पुरीयो राहतको नाउँमा एक बोरा चामल पाएको थियो त्यो पनि सकिन लाग्यो अब के खाने कसले दिन्छ, विजोग छ, ।” त्यस्तै दोधान खर्कका अर्का विरबहादुर तामाङको पिडा पनि उस्तै छ ,“घरमा खाने सामाल सकिएर बेसीबाट मकै किनेर ल्याएको थियो, ३ बोरा जति मकै पनि घर भित्रै पुरीयो, गोठका गाई बाख्रा पनि मरे , वस्ने बास पनि छैन, दिउँसो घामले पोल्छ, राती पानी र हुरी चल्छ, अहिले सम्म त बाचेका छौं अब कसरी बाँच्ने चिन्ता परेको छ,।” समस्या यतिमात्र कहाँ होर यो तामाङ समुदायलाई गाउँमा भएको विद्यालयको नाम निशाना मेटिदा अब आफ्नो वालबच्चा कहाँ पढाउने चिन्ता पनि बढ्न थालेको छ ।
अति विकटमा रहेको यस्ता गाउँहरुमा खुलेका समुदायीक भवनहरु माटाले बनेको हुँदा सबै ध्वस्त भएका छन् । विकट गाउँमा पर्ने जुनतारा प्रा.वि, सप्तकन्या प्रा.वि वागेस्वरी प्रा.वि लगायतका विद्यालयका भवनहरु पुर्ण रुपमै ध्वस्त भए पछि कहाँ पढ्ने र पढाउने अन्योलता छाएको छ । यसो त भालुखोपमा रहेको जुनतारा प्रा.विको भवन रहेको जमिन नै चिरा चिरा परेका कारण त्याहाँ पुननिर्माण गरि वस्न हुने नहुने अन्यौला छाएको विद्यालयका प्रधानाध्यापक किशोर अधिकारीले बताएका छन । उनले भने “अहिले सम्म अनुगमनको लागी जिल्ला शिक्षा कार्यालयबाट र अन्य निकायबाट आएको टोली विना निकर्ष फर्किएको र त्यो ठाउँमा पुर्ननिर्माण गर्न हुने या नहुने केही नबताएकोले नजिकै को रुख मुनी वालवालिका राखेर पढाउनु पर्ने बाध्यता हामीमा पर्न गएको छ, विद्याथीहरु त्रासका कारण अझै पनि विद्यालय आउन सकेका छैनन् । मनोपरामर्श जस्ता कार्यक्रममा कुनै निकायको नजर नपुग्नाले वालवालिकाको मनस्थिती विग्रन सक्नेछ, त्यसैले यसमा सवैको ध्यान जान जरुरी छ,। ”उनले भने ।
आफ्नै भाष र संस्कृति रहेका तामाङ समुदायमा मकै, कोदो, आलु लगायतका खेती हुने गर्दछ । पेशाको हिसावले किसान नै भएता पनि आम्दानीको श्रोत भने डोको, डालो, नाङ्लो, लगायतका सामाग्री बनाउने र वेच्ने खसि बाख्राबेच्ने गर्ने गरेको दोभान खर्कका आईतमान मोम्बाले बताए,। “बुनेर राखेको डोका, पनि पुरी गयो, खाने समल छैन, राहत देको १ बोरा चामल पनि सकिनै लाग्यो अब के खाने, पिरलोले च्यापेको छ, ।” सरकारले दिने भनेको १५ हजार रुपैयाँ पनि पाउन नसकेको उनले गुनासो गरेका छन् ।धेरै समस्या बल्झि रहेको तामाङ समुदायमा अझ भुकम्पले गर्दा फटिएको जमिनले गर्दा वस्नको लागी अझ आक्रान्त बनेका छन् ।
भालुखोपमा गएको सुख्खा पहिरोका कारण त्यो भन्दा तलका ९ घर परिवार उच्च जोखिम मा छ । पेटारे, दोधान खर्क लगायका गाउँका डाँडामाथि चर्किएका ढँुगा कतिवेल झर्ने हो त्या पनि पत्तो छैन । केही ढँुगा त झरी सकेको छन् । भुकम्पमा परि सिङगो गाविस भर १ जना वालिकाको मुत्याु भएको सो गाविसमा पशुपंक्षिको भने अधिक क्षति पु¥याएको गाउँ विकास समिती, किराञ्चोकका सचिव तिर्थ बहादुर दुवाडीले बताए । “गाविसको दोभान खर्कका लगभग ७ घर लाई स्थानान्तरण गर्नु पर्ने अनुगमन टोलीले देखाएको छ, भने अन्य समुदायको लागी फेरी अध्ययन गरि, छिट्टै समाधान खोजिने छ,”। त्यस्तै गाविस भित्र नेपाल सरकारले अस्थाई टहरा निर्माणको लागी घोषण गरेको १५ हजार रुपैँया भोलीबाट परिचय पत्र वितरण गरी कार्यान्वयन गर्ने जानकारी दिएका छन् ।
समस्यै समस्याले ग्रस्त किराञ्चोकका तामाङ समुदायमा अहिले नयाँ समस्या थपिएको छ । अब्यवस्थित बसोवासका कारण ज्वरो र जन्डिसको समस्या देखा पर्न थाले पछि रोग फैलन सक्ने चिन्ता पर्न थालेको छ । औसधी र उपचार गर्न करिव ३ घण्टाको पैदल यात्रा पछि पुगीने प्रथामिक स्वाथ्य केन्द्रले समेत टोली नखटाउँदा थप उपचारमा समस्या देखिएको छ । यो विकट गाउँमा अहिले सम्म कुनै टोली राहात लिएर नआएकोमा स्थानियले दुःख ब्यक्त गरेका छन् । अभाववै अभावले घेरीएको यो समुदायमा यस्ता समस्याहरुको समयमै समाधान नगरे अझ ठुलो क्षति वेहोर्नु पर्ने छ । त्यसैले सरकारी तथा गौर सरकारी संस्थाको ध्यान यतातिर जान जरुरी छ ।