असिना पानीले गर्दा टिस्टुङ पालुङको तरकारीमा गिरावट

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ६, २०७२

रुपक कालिराज
मकवानपूर जेष्ठ ६ । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने टिस्टुङ पालुङको तरकारीले पकेट क्षेत्रकोे रुप लिएको धेरै वर्ष भइसक्यो । धादिङ, काभ्रे, हेटौंडा लगायतका तरकारीलाई पालुङको नाम लिएर बेचिन्छ । चिसो मौसम र उपयुक्त हावापानीका कारण मौसमी मात्रै होइन, mmmबेमौसमी तरकारीहरुका लागि समेत उपयुक्त भूमि बन्दै गइरहेको छ । यसै कारण पनि तरकारीका लागि थाहानगरपालिकालाई तरकारीको पकेट क्षेत्र भनिएको हो । विगतमा दिनहरुमा जेनतेन बाँच्न र खानका लागि तरकारी उत्पादन गर्नेहरु समेत केही वर्ष देखि ब्यावसायिक ढंगले तरकारी उत्पादनमा लागेका छन् । तर हाल आएर एक तिर असिना पानी अर्का लगातार वर्षाले गर्दा तरकारीमा गिरावट आएको छ । महँगो बीउ, मल, जोताई, मजदुर लगायतमा ठूलो खर्च गरेका किसान तरकारीको अवस्था नाजुक बनेपछि विउको पैसा सम्म पनि पाउने हो या होइन भन्दै चिन्तित भएका छन थाहानगरपालिका किसानहरु …..।
। तरकारीलाई व्यावसायिक बनाएर ऋण तिर्दै जीविको पार्जन गर्दै आएका किसान भने भूकम्पको मारमा परेका छन् । यहाँ उत्पादित तरकारीको मुख्य बजार काठमाडौँ हो । झन्डै ४० प्रतिशतको हाराहारीमा तरकारी जाने काठमाडौँ सहित गोरखा, हेटौडा, नुवाकोट लगायतका क्षेत्र भूकम्पबाट प्रभावित भएपछि किसानले तरकारीको भाउ पाउन नसको हो । २ , ३ लाख आलु बेच्दै आएका किसान हाल ५० हजार पनि नआउने हो कि भन्ने चिन्ता छ । यसरी एक तिर भाउ नआउनु अर्का तिर भकुम्प जानु र त्यहि माथि आलु नफल्नु र भाउ आउछ भनेर आलु राख्न नि ठाउँ नभएकोले झन समस्या परेको लामो समय देखि खेति किसान गर्दै आउनु भएका थाहागरपालिका ७ का कृष्ण विष्टविष्टले भन्नु भयो । झन यस्तोिि वपतको वेलामा व्यापारी पनि नआउन,े महाँगो भए दशौँ जना व्यापारी आउने गर्थे भने अहिले एउटा पनि व्यापारी नआएको उहाले भन्नु भयो । गत सालमा १ बोरा विउ बरा बरा १५ प्याकेट आउने गरेकोमा यस पटक भने ५ बारो आउन पनि मुस्किल रहेको र यस वर्ष आलु तरकारीमा ७० देखि ८० प्रतिशत घाटा व्यार्होर्नु पर्ने थाहानगरपालिका ४ पालुङका किसान राजकुमार क्षेष्ट ले भन्नु भयो । २ लाख सम्म आलु तरकारीबाट आम्दानी गर्दै आउनु भएका थाहानगरपालिका जमुना नेपाल ,ले तरकारी वालीले राम्रो फाइदा नदिएकोले अवका दिनमा अन्न वाली लाउने तयारी गरिरहनु भएको उहाले बताउनु भयो ।