प्रेस विज्ञप्ती

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ६, २०७२

मिति२०७२-१-५

२०७२ बैशाख १२ गते गएको विकासकारी भुकम्प र सो पछि विभिन्न समयमा गएका पराकम्पनको कारणले देशको विभिन्न भागमा जस्तै धादिङ जिल्ला पनि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । भुकम्पमा पर्नेहरुको उद्धार तथा राहत वितरणको लागि जिल्ला दैवी प्रकोप उद्धार समितिको क्रियासिलता र समन्वयमा सवै पक्षहरुवाट विभिन्न कार्य हुँदै आएको छ ।

उक्त भुकम्पमा परी ज्यान गुमाउनेको संख्या आज सम्म ७२८ पुगेको छ भने ७३८ जना गम्भिर घाईते भएका छन् ।

यस्तै सोही प्राकृतिक विपत्तिका कारण नापी, सिंचाई, मालपोत, विद्युत,कृषि पशुसेवा, शिक्षा, सहकारी, सरकारी वकिलको कार्यालय, कारागार, खानेपानी महिला तथा वालवालिका, जिल्ला प्रशासन, प्राविधिक, भुसंरक्षण, जिविस, अदालत , प्रहरी, सशस्त्र वेस, कोलेनिका, अस्पताल,स्वास्थ्य, सवुग गण, आँखाकेन्द्र, अनुसन्धान, वन, हुलाक, वालकल्याण, घरेलु कार्यालयका १३९ कार्यालय तथा आवस भवन मध्ये जिल्ला प्राविधिक कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला अदालत, राष्ट्रिय अनुसन्धान कार्यालय, हुलाक कार्यालयका सवै भवनहरु सहित ५२ वटा भवन पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने ८७ वटा भवनहरु मर्मत सम्भार गर्नुपर्ने गरी क्षतिग्रष्त भएका छन् । गा्रमीण तहमा रहेका कतिपय कार्यालयको विवरण अझै आउन बाँकी रहेका छन् ।

यस्तै भुकम्पको कारण सदरमुकाम र ग्रामीण तहका अघिकांस घरधुरीहरुमा नराम्रो प्रभाव परेको छ । सदरमुकामका कच्ची घरहरु ध्वस्त तथा बस्न नहुनेगरी क्षतिग्रष्त भएका छन् । ग्रामीणतहका लगभग सवै घरधुरीहरुमा नराम्रो असर परेको छ । जनगणना २०६८ अनुसार जिल्लामा भएका ७३८४२ घरधुरी मध्ये ४३७४१ धरधुरीमा पूर्ण क्षति भएको र १८७२० घरधुरीमा आंशिक क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ । साथै गाविसमा यस अवधिमा कम्तिमा २० प्रतिशत सम्म घरधुरी वृद्धि भईसकेको र सोही अनुसार क्षतिग्रष्त घरधुरीको संख्या वृद्धि हुने देखिएको छ । यस्तै २८०० विद्यालय र ४९ स्वास्थ्य संस्थाहरु तत्काल पुननिर्माण गर्नुपर्ने देखिएको छ ।

भुकम्पमा पर्नेहरुको उद्धार गर्ने कार्य हाल लगभग सकिएको छ । यस क्रममा दुर्गम गाउँहरु हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो । धाईतेहरु मध्ये अझै पनि ३० भन्दा बढीको संख्यामा विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् ।
भुकम्पको कारण २० हजार भन्दा बढी ५ वर्ष मुनिका वालवालिका, ४५ हजार भन्दा बढी १८ वर्ष मुनिका वालवालिका, ७ हजार भन्दा बढी अपाङ्ता भएका व्यक्तिहरु रु १२ हजार भन्दा बढी गर्भवति एवं सुत्केरी महिलाहरु प्रत्यक्ष प्रभावित भएका छन् ।

प्रकोपमा परेका परिवारलाई राहत सामग्रि पठाउने कार्य पनि हाल पहिलो चरणलाई सम्पन्न भएका छ । सडकले नछोएका उत्तरी ५ गाविसहरुमा अझै खाद्यन्न पर्याप्त हुन नसकेपछि दैनिक रुपमा हेलिकोप्टर मार्फत पठाउने कार्यलाई निरन्तरता दिईएको छ । हालसम्म सरकारी तथा गैर सरकारी तहवाट ७५९४६ थान त्रिपाल वितरण गरिएको छ । यस्तै चामल २९ लाख ५६ हजार २५४ के.जी. (४०२०३ बोरा), चिउरा ः २२८५५६ केजी (९१४२ बोरा), विस्कुट १९७६४ कार्टुन, चाउचाउ ः २८८३४ कार्टुन नुन ४९ हजार ६ केजी, चिनी २२३१८ केजी, म्याट ६१३४० मीटर, कम्बल ९१९९९ थान, ड्राई फुड १४१९ बोरा, हाईजिन किट ११७ बोरा, भुजा ६४६ बोरा, जुन १२ कार्टुन, आँटा÷पिठो ६२४६४, आलु ३५५४७ किलो, दाल ४४०६६ किलो, तेल ५५२९३ लिटर, त्रिपाल २३ रोल, बदाम १६ बोरा, कपडा ९८४ बोरा, सावु १८०३५ थान, जस्ता ४७४ बण्डल वितरण भईसकेको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले स्थापना गरेको वितरण केन्द्रमा नेपाल सरकार लगायत सरकारी निकायहरु, विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघ÷संस्था, विभिन्न दातृ निकायहरु, व्यक्ति तथा समुदायवाट राहत सामग्रि प्राप्त भएको छ ।
यस्तै पहिलो चरणमा पूर्ण रुपमा घर क्षति भएका घरधनीलाई ५ हजार र आंशिक क्षति भएका घरधुरीलाई ३ हजारको दरले प्रदान गर्ने निर्णय अनुरुप हालसम्म प्राप्त रकम वितरणको लागि गाउँ विकास समितिमा पठाईसकिएको छ । हालसम्म झार्लाङ दार्खा मार्पाक, सेर्तुङ सल्यान्टार, लापा, गुम्दी, फुलखर्क ,बसेरी, बुढाथुम, ढोला, नलाङ, त्रिपुरेश्वर, चैनपुर, मैदी, केवलपुर, महादेवस्थान, तिप्लिङ, खरी, जीवनपुर, छत्रेदेउराली, सल्यान्कोट, तसर्पु, थाक्रे, ज्याम्रुङ, रीगाउँ गाउँ विकास समितिहरुमा गरी कुल १२ करोड ६६ लाख ५४ हजार रकम वितरण गरिएको छ । बाँकी गाउँ विकास समितिहरुमा पनि रकम निकासा प्राप्त हुनासाथ वितरण गर्ने प्रवन्ध मिलाईएको छ ।
यस क्रममा हाल जिल्ला दैवि प्रकोप उद्धार समितिमा अव दोस्रो चरणका राहत तथा पुर्नस्थापनाका कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । नजिकिदै गरेको बर्खायाम, मनसुनका कारण भ्बचथि च्भअयखभचथ, बलम च्भजबदष्ष्तिबतष्यल मा चुनौतिको रुपमा हेरिएको छ । यस्तै प्रारम्भिक अध्ययनवाट लापा गाविसका खादिड., कपुरगाउ, तिर, नेवेर, त्याचेत, लाचेत, तिप्लीङ गाविसका लिङचो, सेर्तुङ गाविसको बोराङ, री गाविसको किचेत र झार्लाङ गाविसको क्यु, कान्द्राड., अकथली लाई स्तान्तरण गर्नुपर्ने देखिएको प्रतिवेदन जिल्ला दैवी प्रकोप समितिमा पेश भएको छ ।

विपदको यस क्षणमा गैर सरकारी संस्था, नीजी क्षेत्र, अन्तराष्ट्रिय दातृ संस्था एवं निकायमा जिल्ला दैवी प्रकोप उद्धार समिति, धादिङ पुनः निर्माण तथा पुनःस्थापनाको चरणमा प्राथमिक राहत को चरण भन्दा अझ सशक्त र पूर्ण क्षमताका साथ सहयोगको अपेक्षा गर्दछु, यस विपद्को क्षणवाट पूर्ववत अवस्थामा फर्किनका लागि सवै क्षेत्रको सवै प्रकारको सहयोगको अपेक्षा राखिन्छ ।

बासुदेव घिमिरे
प्रमुख जिल्ला अधिकारी
एवं अध्यक्ष
जिल्ला दैवी प्रकोप उद्धार समिति, धादिङ