अब रेडक्रसले पुनर्वासको व्यवस्थालाई ध्यानमा राख्छ

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ५, २०७२

narayanबैशाख १२ गते गएको विनासकारी भूकम्प र त्यसपछि धेरै पराकम्पनहरु भैरहेका छन्, के हुँदैछ रेडक्रसको भूमीका यो विपद्को समयमा
-२०७२ साल बैशाख १२ गते करिब १२ बजे गएको विनासकारी भूकम्पको कारण धादिङ जिल्ला पनि अछुतो रहेन, जिल्लाले निकै ठूलो क्षती बेहोर्नुपरेको छ । धादिङ जिल्लामा रहेका ६३ हजार घरधुरी मध्ये करिब ९० प्रतिशत घरहरु पूर्ण रुपमा ध्वस्त भएको प्रारम्भीक तथ्याँकमा पाएका छौं । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले ति घरहरुको अनुगमनको शिलशिलामा धेरैजसो घरहरु पूर्ण रुपमा ध्वस्तै भएको र पिलर हालेका घरहरुमा पनि पिलर बाहेकका केही भागह
रुमा क्षती भएको पाएको छ ।
अहिले तपाईहरु के–के काममा लागिरहनुभएको छ ?

-रेडक्रस धादिङले भुकम्प गएको दिन बेशाख १२ गतेदेखी नै आफ्ना स्वयमसेवकहरुलाई प्राथमिक उपचार, सुरक्षा प्रतिकार्यमा रहेका स्वयमसेवकहरुलाई परिचालन गरेर घाईतेहरुको उद्धार, हेलिकप्टरले ल्याएका विरामीहरुलाई अस्पताल पु¥याउने कामसंगै गैर खाद्य र खाद्य सामग्री वितरणमा सहयोग गरिरहेका छौं ।

रेडक्रसले धादिङबाट अहिले कति जना स्वयमसेवकहरु परिचालन गर्नुभएको छ र यसले खासमा के–के काम गर्ने हो ?

-नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङमा रहेका ४२ जना स्वयम्सेवकहरु परिचालन गरेका छौं उहाँहरु लगातार काममा खटिरहनुभएको छ । स्वयम्सेवकहरुले मुख्यतयाः मानवीय विपत्तिमा परेकाहरुलाई उद्धार र त्यसलाई न्यूनिकरण गर्ने काम गर्ने गर्छन् । त्यसैगरी हामीले विभिन्न महामारी वा भुकम्पबाट घाईते भएकाहरुलाई प्राथमिक उपचार गरेर अस्पतालसम्म पु¥याउने काम गर्छौं र अरु विपत्तिलाई व्यवस्थापन गतर्ने काममा पनि विपद् व्यवस्थापन समितिको सदस्यको हैसियतले सहयोग गर्ने काम गर्ने गर्छौं ।

रेडक्रस धादिङले राहत वितरणमा पनि सहयोग गरेको छ ?

-सहयोग मात्रै नभएर उद्धारको कामको साथसाथै राहत वितरण पनि गरिरहेको छ । यसले खासगरी गैर खाद्य सामग्री वितरण गरिरहेको छ । नेपाल रेडक्रस सोसाईटीमा उपलब्ध भएका खाद्यसामग्री स्थानीय आवश्यकता अनुसार उहाँहरुले जहाँ लैजान चाहनुहन्छ र सम्भव भएको ठाउँसम्म लगेर रेडक्रस कर्मी सार्थीहरुले वितरण गर्नुहुन्छ त्यो गरिरहनुभएको छ । मुख्यगरी समग्र घरधुरीको आशा त्रिपाल रहेको छ तथापी हामीले केन्द्रमा माग गरे अनुसारको त्रिपाल पनि पाउन सकेका छैनौं । सिङ्गो दैविक प्रकोप उद्धार समिमितिले पनि खरिद गर्न सकेको पनि छैन र रेडक्रसको केन्द्रले पनि उपलब्ध गराउन सकेको छैन । हामीले रेडक्रसमा जे सामग्री वितरण हुन्छ त्यो जिल्ला प्रशासनको कार्यालय मार्फत एकद्धार प्रणालीमा वितरण गरिरहेका छौं । त्रिपाल, कमल भाँडाकुडा सामान्य गरी लत्ताकपला र पानीमा समस्या भएको कारण हाइजिन कि, र साबुन लगायतका सामानहरु वितरण भैरहेका छन् । जिल्लाको ४६ गाउँ विकास समिति र नगरपालिकाको १३ वटै वडाहरुमा समान रुपमा वितरण हुन्छन् । उत्तरी विकट ५ गाउँ विकास समितिमा केही सामान हेलिकप्टरको सहयोगमा झारिएको छ भने अन्यमा सामान्य प्रक्रियाबाट पठाइएको छ । प्रयाप्त मात्रामा नभएपनि काम तिव्रताका साथ भईरहेको छ ।

तपाईंहरुले वितरण गर्नुभएको सामग्रीहरुको वितरणमा दुरुपयोग भए नभएको बारे कसरी अनुगमन गर्नुहु्न्छ ?

-रेडक्रसको आफ्नै संयन्त्र छ २६ गाविसका आफ्नै उपशाखा भएकोले त्यहि संयन्त्रले अनुगमन गरिरहेको छ भने, केही ठाउँहरुमा वढी मात्रामा विपत्ति भएको ठाउँमा रेडक्रसको स्वयम्सेवक सहित हामीले अनुगमन गरिरहेका छौं । अनुगमनका क्रममा सबै सामग्रीहरु सही सदुपयोग नै भएको छ पीडितहरु मिलेर काम गरिरहनुभएको अनुगमनका क्रममा पाएका छौं ।
रि र दार्खामा रेडक्रसको उपस्थिति कम भएको भन्ने कुरा आएको छ सत्य के हो ?

-उत्तरी धादिङको रि गाउँ विकास समितिमा हाम्रो उपशाखा छैन, यसअधि पनि हाम्रो उपस्थिति गराउने प्रयास सफल हुन सकेको छैन । त्यसकारण भुकम्पवाट पीडितहरुलाई हामीले जसरी सेवा उपलब्ध गराउन सक्थ्यौं त्यसमा भने कमी भएको हो । बारम्बार आएको भुकम्पको कम्पनका कारण हामी पनि त्यहाँ जान नसकिएको हो, हेलिकप्टेरबाट ल्याएका विरामीहरुलाई अस्पतालसम्म लैजाने काम ग¥यौं । दार्खामा भने हाम्रो नेटवर्क हुँदा हुँदै पनि भौगोलिक कठिनाई भएको मात्रै हो काम भने भएको छ ।
रेडक्रस धादिङले स्वयम्सेवक परिचालन गरेर पुरिएका घरहरुमा खाद्य सामग्री र बहुमुल्य सामानहरु निकाल्न सकिन्छ ?

-विशेषगरी घरमा पुरिएका सामान तथा बहुमुल्य मानहरु निकाल्दै आएको त छैन । केही साथीहरुले घरमा पुरिएको सामान निकालिदिन आग्रह गेर निवेदन दिनुभएको थियो । रेडक्रसले यस्तो काम त गर्दै आएको छैन तर धादिङको सवालमा केहीको घरमा निकाल्न सहयोग गरेको पनि हो, सहयोग मात्रै गर्ने हो निकाल्ने काममा रेडक्रस प्रयोग हुँदैन ।

रेडक्रस अंकित पालहरु बजारमा बिक्री वितरण भएको भन्ने गुनासाहरु आयो नि ?

-निश्चित रुपमा रेडक्रसको चिन्ह दुरुपयोग मुक्त जिल्ला भनेर धादिङलाई घाषणा गरिसकिएको छ । गुनासाहरु आए पनि अनुगमनका क्रममा धादिङमा रेडक्रस नमुना अंकित चिन्ह पायौं । त्यो चिन्ह हेर्दा वास्तविक चिन्हसँग मेल खाएन । त्यो प्रयोग हुँदा नेपालको सामाजिक न्यायको हिसावले कार्वाही हुनुपर्ने हो हामी कार्वाही गर्ने निकायमा नभई जानकारी मात्रै दिने हो हामीले विज्ञप्ति प्रकाशन गरेर त्यसको जानकारी गराएका छौं । मुख्यगरी सेतो पृष्ठभूमीमा रातो क्रस त्यसमा पाँचवटा वर्गाकारले घेरिएको क्रस चिन्ह मात्रै रेडक्रसको वास्तविक चिन्ह हो त्यसलाई मात्रै हामीले वास्तविक चिन्ह मान्ने हो त्यसमा सेतो पृष्ठभूमी हुनुपर्छ । रेडक्रस चिन्ह जहाँ अंकित गरिएको छ यो स्वयम्सेवाको भावनाबाट प्रेरित गर्ने चिन्ह हो । त्यो किन्न पाईंदैन र हुँदैन पनि जसले खरिदबिक्री गर्ने त्योसलाई कानून अनुसार कार्वाहि गर्नुपर्छ ।

रेडक्रस धादिङको अवको योजना के ?

-नेपाल रेडक्रस सोसाईटी जिल्ला शखा धादिङले बेशाख १२ गतेदेखी आजसम्म जसरी आफ्नो स्वयम्सेवकहरुलाई परिचालन गरी धाईतेहरुको उद्धार उपचारमा सेवा पु¥याउँदै आएको छ । अब राहत र त्रिपालले मात्रै पुनर्वासको व्यवस्था गर्न नसकिने भएकाले अस्थायी
रुपमा जसको घर पूर्ण रुपमा भत्किएका छन् । उनीहरुलाई पुनर्वासको व्यववस्था गर्न प्रत्येक घरलाई कम्तीमा पनि ६ महिनासम्म चल्नसक्ने बलियो १ वटा टेन्टको व्यवस्था गर्न लागिपरेका छौं । केन्द्रिय कार्यालयसँग यसबारे समन्वय भैरहेको छ अहिले पनि हामीसँग केही भूगोलमा जहाँ पूर्ण रुपमा घरहरु ध्वस्त भएका छन् तिनीहरुलाई उत्तर, दक्षिण र मध्यका केही गाउँहरु छनोट गरेर त्यसलाई पुनर्निर्माण गरेर जानेछौं । नमुना गाउँको रुपमा विस्तार गरेर जानेछौं । नेपाल रेडक्रस सोसाईटी जहिले पनि मानवीय पीडामा मलम लगाउन तयार छ । रेडक्रसले २०७२ बैशाख १२ गतेको भुकम्पबाट पीडित भएकाहरुलाई पूनर्वासको व्यवस्ता गर्नतर्फ पहल गर्ने छ । विभिन्न संघ संस्थाहरुसंग समन्वय गरेर लाग्नेछ । रेडक्रस आवासको क्षेत्रको नेतृत्व गर्ने संस्था पनि भएको हिसावले निकट भविष्यमा आउने वर्षातको यामलाई मध्यनजर गरेर पूनर्वासको व्यवस्था गर्नतर्फ केन्द्रित हुनेछौं । अब रेडक्रस धादिङले पुनर्वासको व्यवस्थालाई ध्यानमा राखेर काम गर्छ । त्यसलाई सफलतामा लैजान सबैलाई सहयोग गर्न आग्रह गर्न चाहन्छु ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, धादिङका उपसभापति नारायण तिमल्सिना गरिएको सम्बाद