प्रधान मन्त्री सहित शिर्ष नेताले भने पिडितले राहत पाउँछन्

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २३, २०७२

dddधादिङबेसी बैशाख २३ । धादिङ जिल्ला अत्यन्त विकत गाउ बस्तीले भरिएको जिल्ला हो विकट गाउँ बस्तीमा पनि यातायातका कारण राहत पाउन सकि रहेका छैनन् । अझ केहि दिन नियमित हेलिकप्टरबाट राहत पाठाएर भए पनि सम्पूर्ण पिडितहरुलाई राहत दिने प्रधान मन्त्री सहित शिर्ष नेताले बताउनु भएको छ ।
प्रधानमन्त्री शुशिल कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली र एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले धादिङमा महाभूकम्पले पु¥याएको क्षति अनुगमन गर्दै यस्तो बताउनु भएको हो ।
उहाँहरुले भुकम्पपछि उद्धार र राहतका साथै जिल्लामा भएका गतिविधिको बारेमा जानकारी लिनुभएको थियो ।
प्रधानमन्त्री कोइरालाले महाविपत्तिमा उद्धार र राहत वितरणमा गरेको कार्य सराहणीय भएको भन्दै महाभूकम्पले पु¥याएको क्षति व्यवस्थापन गर्न राष्ट्रको सम्पूर्ण शक्ति एक भएर लाग्नुपर्ने बताउनुभयो ।
जिल्लाका नेता, प्रशासन, सुरक्षा संयन्त्रले मिलेर राहत व्यवस्थित गराउन आग्रह गर्नुभयो । महाभुकम्पले जनधनको धेरै क्षति भएको र वर्षातको समयमा आउन सक्ने हावाहुरी त्रिपालले धान्न नसक्ने भएकोले त्यसको लागि सरकार विकल्पको खोजीमा गम्भीर भएर लागेको बताउनु भएको थियो ।