धादिङको ५ वर्षे आवधिक योजना तर्जुमा गोष्ठी सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १६, २०७१

dhading mapधादिङबेसी । जिल्ला विकास समितिको कार्यालय धादिङले सुरु गरेको ५वर्षे आवधिक जिल्ला विकास योजना तर्जुमा गोष्ठी आज सम्पन्न भएको छ । कृषि, पर्यटन र पूर्वाधार समृद्ध धादिङको आधार भन्ने मुल मर्मका साथ तीन दिने गोष्ठी जिल्ला विकास समितिको कार्यालय सभाहलमा तीन दिनसम्म चलेको थियो ।
जिल्ला विकास समितिको कार्यालय धादिङका प्रमुख स्थानीय विकास अधिकारी रुद्रसिं तामाङको अध्यक्षतामा सुरु गरिएको गोष्ठीमा संविधानसभा सदस्यहरु, जिल्लामा क्रियाशील राजनीतिक दलहरु, पसंचारकर्मीहरु सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत जिल्लाका सरोकारवालाहरुको सक्रिय सहभागिता रहेको थियो ।
गोष्ठीमा सहभागिहरुले समग्र जिल्लाको दिर्घकालीन विकासलाई ध्यान दिएर योजना निर्माणको विषयवस्तुहरुको बारेमा छलफल गरेको जानकरी दिएका छन् ।
तीनदिने आवधिक योजना गोष्ठीमा जिल्लाको विकासको सम्भावन रहेका कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रको विकासको बारेमा छलफल गरीएको थियो । पाँचवर्षे आवसिधक योजना निर्माणको लागि जिल्लका सरोकारवालाहरुबाट संकलन गरेको राय सुझावलाई विज्ञकहाँ पठाइएइको जिल्ला विकास समिति धादिङले जनएको छ । छलफलबाट उठेका विषयहरुको अध्ययनको आधारमा करिब१५ दिनपछि विज्ञहरुको समूहले धादिङको पाँच वर्षे आबधिक योजना तयार गरिने स्जथानीय विकास अधिकारी रुद्रसिं तामाङले बताउनुभयो ।
गोष्ठीमा सहभागिहरु मध्येबाट पाँचवटा समूहमा विभाजन गरी समूहगत छलफल गरेर सुझावहरु संकलन गरिएको थियो । आवधिक योजना तर्जुमा गोष्ठीले धादिङको दिर्घकालीन विकासलाई ध्यान दिएर योजना निर्माण गर्ने कार्यमा आफूहरु प्रतिवद्ध रहेको सहजिकरणमा सहभागि विज्ञहरुले समेत बताएका थिए ।