सहमति कमजोर बनेको एमालेको निस्कर्ष

Avatar photo
Dhadingpost
आइतवार, पुस १३, २०७१

काठमाडौं पुस १३ । नेकपा एमालेले संविधानको अन्तरवस्तुमा सहमतिको सम्भावना कमजोर भएकाले प्रक्रियाबाट संविधाज जारी गर्नुपर्ने निस्कर्ष निकालेको छ । प्रक्रियामा गएर छिनोफानो गर्दा समयमा संविधाल ल्याउन सक्ने एमालेको ठहर छ । एमाले स्थायी कमिटीको आजको बैठकमा चार दलीय कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष भीम रावलले कार्यदलको छलफलका विषयमा जानकारी गराएपछि एमालेले त्यस्तो निस्कर्ष निकालेको हो । कार्यदलमा पनि एमाओवादी मधेसी मोर्चाले सहमतिको लागि कुनै प्रस्ताव ल्याउनुको साटो बहुमतीयबाट संविधान बनाउन खोजे बहिस्कार गर्ने धम्की दिएको रावलको भनाइ थियो । बैठकमा अध्यक्ष केपी ओलीले हालसम्म भएका छलफलहरुको बारेमा जानकारी गराउनु भएको सचिव प्रदीप त्रवालीले जानकारी दिनुभयो ।