चीनका पूर्व सुरक्षा प्रमुख पक्राउ

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २५, २०७१

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीले पूर्व सुरक्षाप्रमुख झाउ योङकाङलाई पक्राउ गर्ने र बर्खास्त गर्ने निर्णय गरेको छ र यसलाई पर्यवेक्षकहरुले राष्ट्रपति सी जिनपिङको शक्ति सुदृढीकरणको रुपमा हेरेका छन् ।

झाउले चीनको सबैभन्दा शक्तिशाली पोलिटब्युरो स्थायी समिति (पीएससी) बाट सन् २०१२ मा अवकाश प्राप्त गर्नुभएको हो ।
उहाँलाई हाल घुस लिएको तथा राज्यको गोप्य कुरा चुहाएको आरोपमा न्यायिक अनुसन्धान राखिएको जानकारी सिन्हवा समाचार संस्थाले दिएको छ ।

चीनमा सन् १९८० मा संस्थापक नेता माओ जेदोङका विधवासहित चार व्यक्तिको समूह ‘ग्याङ अफ फोर’लाई अनुसन्धानका लागि पक्राउ गरिएपछि कम्युनिष्ट पार्टीका सबैभन्दा वरिष्ठ व्यक्तिमाथि अनुसन्धान गर्न खोजिएका झाउ पहिलो व्यक्ति हुनुहुन्छ ।
फोर्डहाम ल स्कुलका चिनियाू कानुनसम्बन्धी विशेÈज्ञ कार्ल मिन्जनरले चिनियाू पार्टीका सबैभन्दा माथिल्ला पदमा रहेका नेताहरुलाई पदमुक्त भएपछि उनीहरुमाथि कारबाही नचलाउने लामो समयसम्म चलेको आन्तरिक मान्यता तोडिएको जस्तो देखिएको बताउनुभएको छ ।

झाउ कारबाहीमा परेका राजनीतिज्ञ बो सिलाईका नजिकका मित्रका रुपमा देखिनुभएको छ । झावका कडा नीतिका कारण्ँ बो सिलाई पार्टीको उच्च तहबाट झर्नुभएको ठानिएको थियो । सोही नीति झावको भराइको कारण बन्न पुगेको विशेÈज्ञहरुले बताएका छन् । मिन्जनरले झाउको पतनले राष्ट्रपति सीको शक्ति निकै बढेको र यसले खेलको नियम नाटकीय रुपमा परिवर्तन गरेको बताउनुभयो ।
चीनको शक्तिशाली पेट्रोलियम उद्योगका प्रमुख व्यक्तिव झाउ राष्ट्रपति सीको निकै प्रचार गरिएको भ्रष्टाचार नियन्त्रण अभियानको चपेटामा पर्नुभएको छ ।

उहाँलाई गम्भीर रुपमा अनुशासन भङग गरेको आरोपमा अनुसन्धानमा राखिएको छ । सिन्ह्वाले पोलिटब्युरोले झाउलाई बर्खास्त गर्ने निर्णय शुक्रबार गरेको जानकारी दिएको छ । यसलाई पार्टीको सबैभन्दा केन्द्रमा रहेको नेताहरुको समूहले समर्थन गरेको सङकेत देखिएको छ । दुई वर्È अगाडि सी नेतृत्वमा आउनुभएपछि कम्युनिष्ट पार्टीका अधिकारीहरु भ्रष्टाचार विरोधी अभियानमा लागेका छन् ।
अधिकारीहरुले गर्ने भ्रष्ट्राचारप्रति चीनमा क्रोध बढेको छ र राष्ट्रपति सीले यसलाई पार्टीको अस्तित्वका लागि चुनौतीको रुपमा लिनुभएको छ र उहाँले यसका विरुद्ध अभियान सञ्चालन गर्नुभएको छ । यस अभिययानमा उच्चस्तरीय अधिकारीदेखि साना कर्मचारी पनि परेका छन् ।

अर्कोतिर आलोचकहरु कम्युनिष्ट पार्टीले भ्रष्ट्राचार हुन नदिन सम्पतिको सार्वजनिक प्रकाशन जस्तो प्रणालीगत रुपमा सुधार गर्न नसकेको आरोप लगाएका छन् ।
सिन्ह्वाले दिएको समाचारमा झाउले आङ्खना नातेदार, महिला मित्र तथा मित्रहरुलाई व्यापार गरी ठूलो मात्रामा नाफा कमाउन दिएको र सरकारी सम्पतिमा ठूलो मात्रामा नोक्सानी पारेको आरोप पोलिटब्युरोले लगाएको उल्लेख गरिएको छ ।