भूकम्प पीडित कोटामा धादिङबाट को -को गए चीन

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २५, २०७२

1धादिङबेसी । भूकम्पपीडितका नाममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी लगायत आफ्ना नातागोता र पार्टी कार्यकर्तालाई चीन पाठाएको समाचार प्रकाशनमा आए सँगै को-को गए भुकम्प पिडतको नाममा चीन, सबैको चासो बढेको छ ।
एमाओवादीका नेताका छोरा छोरी पाठाएको समाचार आएपछि गृहमन्त्री शक्तिबस्नेतलाई समेत प्रचण्डले स्पष्टीकारण लिएको यो भ्रमण टोलीमा धादिङबाट भने एमाओवादीको एकजना पनि पठाईएको छैन ।
सात दिने चिन भ्रमणमा जानेमा धादिङ जिल्लाबाट पोषनाथ अधिकारी, अनिता श्रेष्ठ, लम्मी गिरी, श्यामथापा मगर र विजय तामाङ रहेका छन् ।
आज चीन गएका भुकम्प पिडित १४ जिल्लाका यी व्यक्तिहरु ७ दिन सिचुवान प्रान्तको कुन्मिङ र छेन्दुङ सहर अवलोकन गरि फर्कन्छन् ।