धादिङमा संयुक्त सभा किन आएनन् जनता (फोटो फिचर)

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ५, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङबेसी । नेपालको संविधान, २०७२’ जारी गरिएको खुसीयालीमा आईतबार धादिङबेसी सदरमुकाममा स्वागत सभाको आयोजना गरी मनाइएको छ ।
सबै भन्दा थोरै जनमास मा भाषण गर्ने नेता बने सभाषद राजेन्द्र पण्डे । सभाषद पाण्डे आउने भने पछि भाषद सुन्न तछाड मछाड गरेर जनताहरु आउँथे तर आईतबार तीन दलको सभा भनि पनि जनताहरुको उल्लेख्य सहभागिता भएको देखिदैनथ्यो किन आएनन् जनता दलहरुले समिक्षा गर्लान् ।
संविधान निर्माणमा सहभागी भएका सभासद्हरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, गुरु बुर्लाकोटी, धनबहादुर घले, परशुराम तामाङ सहित जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका नेताहरु समेत सभामा सम्बोधन गरेका थिए ।

कुन नेताले के बोले धादिङको सभामा

राजेन्द्र पाण्डे

अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा आयेजित सभामा पूर्व मन्त्री स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डेले यस पटकको संविधान निर्माणमा भारतको हार भएको बताउनुभयो । यस अघिका संविधान निर्माणदेखी अन्य नीति निर्माण प्रक्रियामा भारतले हस्तक्षेप गर्दै आएको प्रसंग निकाल्नुहुँदै उहाँले संविधान सभाका सदस्यहरुले त्यसो हुन नदिएको बताउनुभयो । संविधान जारीसँगै राजनीतिक मुद्धा सकिएको बताउनुहुँदै नेता पाण्डेले अव आर्थिक समृद्धिको मुद्धामा अघि बढ्ने समेत उल्लेख गर्नुभयो ।

गंगाललाल तुलाधर
पूर्व शिक्षामन्त्री तथा सभाषद समेत रहेका तुलाधरले संविधान निर्माणमा संसारमा कहिँ पनि शत प्रतिशत सहमति नभएको बताउनुभयो । संविधान असन्तुष्टिहरुकै बीचबाट बन्ने हो । शत प्रतिशतमा कहिँ पनि बनेको छैन उहाँको भनाई थियो । मधेस र थारुहरुको मागलाई अहिलेकै संविधान मार्फत सम्बोधन गर्न सकिने उहाँको दावी थियो ।

गुरु बुर्लाकोटी
क्षेत्र नं. २ बाट संविधानसभामा प्रतिनिधित्व गर्नुभएका सभासद् गुरुप्रसाद वुर्लाकोटीले राजा महाराजाबाट संविधान जारी गर्ने प्रचलनको अन्त्य भएको बताउनुभयो । जनताले सभासद्लाई संविधान बनाउन दिएको जिम्मेवारी पूरा भएको बताउनु भएको छ ।
सभासद् बुर्लाकोटीले गणतन्त्र नेपाललाई संस्थागत गर्न सफल भएको भन्दै खुसी ब्यक्त गर्नुभयो । जारी संविधान नपुग र अपुन नभएको् समेत उहाँले दावी गर्नुभयो ।

धनबहादुर घले
धादिङ क्षेत्र नं. १ बाट सभाषद बनेका सभासद् धनबहादुर घलेले बल्ल आयो जनताको संविधान, पुरा भयो जनताको बलिदान भन्दै आफ्नो भाषणको सुरुवात गर्नु भएको थियो ।
उहाँले आफु काठमाडौबाट धादिङ आउँदा संविधान जारी भए सँगै बाटोमा रहेका ढुङगा, माटो धmार पात समेत हाँसी रहेको देखेको बताउँदै धादिङ जनता झन खुसी नहुने कुरै भएन भन्नु भएको थियो ।

परशुराम तामाङ
सभाषद परशुराम तामाङले संविधान जारी भए सँगै कानुन मार्फत एकात्मक राज्य व्यवस्थाको अन्त्य भएको बताउनु भयोे । उहाँले कुनै पार्टीको घोषणा पत्र अनुसार संविधान बनेन यो नै महत्वपूर्ण उपलब्धी भएको बताउनु भयो ।

रामनाथ अधिकारी
नेपाली काग्रेस धादिङका सभापति तथा पूर्ण सभाषद अधिकारीले नेपाली काँग्रेसको सरको अथक मेहनत र लचकतामा संविधान जारी भएको बताउनु भएको थियो । स्व. विपि कोईरालाको संविधान सभाबाट संविधान बनाउने चाहना पुराभएको बताउनु भएको थियो ।

रामबहादुर भण्डारी

एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले दश वर्षको जनयुद्धको भावना र मर्म अनुरुप संविधान सभा मार्फत संविधानमा जनपक्षिय एजेण्डाहरुलाई संस्थागत गरिएको बताउनु भएको थियो ।
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA