धादिङमा राइसकुकरको बिक्री बढ्यो

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १९, २०७२

riceधादिङ । ग्याँसको अभाव भएपछि खाना पकाउन बजारमा हिटर, राइसकुकर, पानी तताउने जग लगायतका विद्युतीय उपकरणको बिक्री ह्वात्तै बढेको छ।

सदरमुकामको बीचबजार स्थित महाशक्ति इन्टरनेसनलका प्रोप्राइटर माधवकुमार सिग्देलले माग बमोजिम राइसकुकर पुर्‍याउनै नसकेको बताउनु भएको छ । नाकाबन्दीको एक साता नबित्दै सिग्देलको पसलमा रहेका अढाइ सय जति विभिन्न साइजका राइसकुकर बिक्री भए । सिग्देलले ८ लाख रकम काठमाडौं स्थित डिलरमा पठाएको ४ दिन भए पनि अझ आउन केहि दिन लाग्ने बताउनु भयो ।

नाका बन्दीले गर्दा धादिङबेसी र राजमार्ग आसपासमा भरी ग्यास सिलिण्डर लुकाएर राखिएके हुन सक्ने आसङ्का सर्वत्र गरिए पनि सम्बन्धीत निकाएले चासो नदिदा सर्वसाधरण मर्कामा परेका हुन् ।