धादिङमा एलपी ग्यासको चरम अभाव

Avatar photo
Dhadingpost
आइतवार, अशोज १०, २०७२

धर्मेन्द्र श्रेष्ठ/ओम लामा ।
धादिङ । नेपालीहरुको चाहाना बमोजिम नेपालको संविधान ०७२ बमोजिम संविधान जारी भयो । अबका दैनिकीहरु सहज हुने आशामा बसेका नेपाली जनता त्यसमा पनि धादिङबासीहरुलाई फेरि अफ्ठ्यरोको OLYMPUS DIGITAL CAMERAअनुभुति हुन थालेको छ । संविधान जारी सँगै भारतले नाकाबन्दी गर्ने हल्ला फैलिए पछि धादिङमा खाना पकाउने एलपि ग्यासको अभाव देखिन थालेको छ ।
नाकाबन्दी हल्ला हो भन्ने भारत र नाका बन्दीले केहि लछार पाटो लाग्दैन भन्ने दलहरु गम्भीर बन्न नसक्दा यतिबेला धादिङमा ग्यासको चरम अभाव देखिएको हो ।
ग्यासको अभाव हुने स्थिति आउँदैन होला भन्ने सोचेका थियौं तर अहिले डिपो नै बन्द गर्नु पर्ने स्थिति छ, खालि सिलिण्डर राखेर बसेको पनि हप्ता कटि सक्यो भन्छन् धादिङबेसी सिरनबजारका ग्यास वितरक बिनोद श्रेष्ठ ।
ग्यास कहिले आउने हो पत्तो छैन, खालि सिण्डिर संकलन गरर बसेका छौं श्री कृष्ण, बाबा, साईबाबा कम्पनीमा फोन गर्दा ठेगान छैन भारतले अवरोध गरेको जवाफ आउछ भन्छन् धादिङबेसीमा ग्यास डिपो संचालन गर्दै आउनु भएकी रेखा दुवाडी को जवाफ पनि उस्तै छ ।
यस्तै डिपोहरुमा पुग्दै गर्दा धादिङबेसी मिलनटोमा डिपो सन्चालन गदै आउनु भएका श्यामकुमार क्षेष्ठ भन्नु हुन्छ । दलहरुले कुनै वैकल्पित उपाय निकाल्नु पर्यो ग्यास लुकाईएको पनि हुन सक्छ । भारत मात्र विकल्प होईन ।
धादिङबेसीमात्र हैन सबैतिर यतिबेला ग्यासको चरम अभाव देखि रहेका पनि सम्बन्धी निकायले ध्यान दिन सकि रहेका छैनन् । अझ कतिन्जेल ग्यास नआउने हो संविधान बने पछि सहज बन्नु पर्ने जनमासको दैनिकै झनै कस्टकर बन्नु हुँदैन सरकारले तत्काल सोच्नु पर्लाकी ।