धादिङबाट को-को गए नयाँ शक्तिको कार्यक्रममा

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ७, २०७२

naya saktiधादिङबेसी । एमाओवादी धादिङका ५१ जना जिल्ला समिति सदस्यहरु मध्य ४ जना जिल्ला समिति सदस्यहरु नयाँ शक्ति तिर जाने भएका छन् ।
बाबुराम भट्टराईको पार्टी बहिरगमन पछि देखिएको नयाँ शक्तिको अभियानमा एमाओवादी केन्द्रिय सदस्य तथा धादिङ क्षेत्र नं. २ बाट संविधानसभा सदस्यको उम्मेदवार कल्पना धमला समेत नयाँ शक्तिमा लागे पछि धादिङ जिल्ला पार्टीमा ठुलै भुकम्प आउने आकलन गरिएको थियो । तर हिजो मसिर ६ गते काठमाडौमा भएको नयाँ शक्ति अभियान उद्घाटन कार्यक्रममा धादिङबाट ४ जना मात्र जिल्ला समिति सदस्यहरु सहभागि भए ।
केहि दिन पहिला धादिङपोष्ट सँग कुरा गर्दै एमाओवादी धादिङका उपाध्यक्ष राजु नेपालले नयाँ शक्ति गठन बारे निर्णय सुन्न हप्ता दिन कुर्नु पर्ने थियो ।
उहाँले आफै नयाँ शक्ति तिर लाग्ने नलाग्ने निर्णय गरेको छैन । एमाओवादीका नेताहरुले नै कित्ताकट गरेर राजु नेपालमा नयाँ शक्ति तिर गयो भनेर बजार हल्ला फिजाई रहेका छन् यस्तो स्थितिमा आफुलाई नैतिक संकट परेकोले पनि नयाँ शक्ति तिर लाग्ने सोच उत्पन्न भएको बताउनु भएको थियो ।
राजु नेपालको यो भनाई सँगै आईतबार एमाओवादी धादिङका जिल्ला समिति उपाध्यक्ष राजु नेपाल सहित जिल्ला कोषाध्यक्ष बिरबहालुर तामाङ, राम ढकाल (ऋतिक), प्रमोद पोखरेल (साहास) र महेन्द्र (तिमल्सिना) परिबर्तन काठमाडौमा भएको कार्यक्रममा सरिक भएका हुन् ।
यो पनि पढ्नोस्
नयाँ शक्तिबारे हप्ता दिन भित्र निर्णय गर्छु– राजु नेपाल (धादिङमा नयाँ शक्ति)