धादिङका सिडियो बासुदेव घिमिरेलाई १० आरोप

Avatar photo
Dhadingpost
शनिबार, अशोज २३, २०७२

sasasasasaधादिङ । राजधानीसँग जोडिएको र ‘आम्दानी’को राम्रो स्रोतहरु भएको भनिएको धादिङ जिल्ला सरकारी कर्मचारीहरुको पहिलो रोजाईमा पर्छ । विशेषगरी जिल्ला प्रशासन र जिल्ला विकास समितिको नेतृत्वको रुपमा आउन ‘राम्रै पहुँच र शक्ति’ चाहिन्छ भन्नेहरु पनि छन् । सर्वसाधारणको यो भनाई यसकारण पनि सत्यको नजिक छ किनकी सरकार परिवर्तन हुनासाथ धादिङका प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारी फेरिइहाल्छन् ।
भर्खरै धादिङबाट सरुवा भएर अध्यागमन विभाग जान लागेका धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई पनि उनको कार्यकालमा उनको गतिविधि र प्रस्तुतीका कारण केही आरोपहरु लागेका छन् । चियापसलदेखि सामाजिक सञ्जालसम्म चर्चामा रहेका उनीमाथि लाग्ने गरेको १० आरोपहरुको जवाफ दिएर जान्छन् कि यत्तिकै ? धादिङबासीका लागि नयाँ प्रजिअ आउनु र जानु सामान्य जस्तै हो । तर पुरानाबाट सिक्न र कामकाजमा नयाँपन ल्याउन घिमिरेले जवाफ दिएर जाने अपेक्षा गर्न सकिन्छ ।

यस्ता छन् प्रजिअ घिमिरे माथिका आरोपहरु –

१. दैवी प्रकोप उद्धार समितिले गरेको काम कार्वाहीको अनुगमन गर्न मन्त्रालयले अनुगमन समितिलाई निर्देशन दिँदा समेत अनुगमन समिति नबनाएको

२. अमुक दलको कार्यकर्ताको रुपमा प्रस्तुत हुँदै राजनीतिक आस्थाका रुपमा काम गर्ने गरेको

३. कार्यालयमा कम र बाहिर सभासमारोहमा धेरै देखिने/भेटिने गरेको ।

४. जिल्ला दैवी प्रकोप उद्धारमार्फत वितरण हुनुपर्ने भूकम्पपीडित राहात सामग्री सहयात्री समाजलाई वितरण गर्न दिएर राहतमा अनियमिता गरेको

५. राहात बाँड्ने नाममा एनजिओ, आईएनजिओलाई एमालेको संगठन बिस्तार गर्न सहयोग गरेको

६. राहात वितरणमा पक्षपात र विभेद गरेको

७. कार्यालय पोषाक नलगाई अनौपचारिक पहिरनमा औपचारिक र सार्वजनिक कार्यक्रममा उपस्थित हुने गरेको

८. नाकाबन्दीपछि पेट्रोल पम्प कब्जामा लिइ मनलाग्दी वितरण गरेको

९. एमालेको सामान्य कार्यकर्ता आउँदा भेट्न पुग्ने तर अन्य दलका पूर्वप्रधानमन्त्री आउँदा समेत वास्ता नगर्ने

१०. जिल्ला प्रशासनमा सार्वजनिक सूचना जारी नगरी मनोमानीरुपमा कर्मचारी नियुक्ति गरेकोे

जाँदै गरेका सिडियो बासुदेव घिमिरेका तस्वीरहरु
3 copy
1 copy
2 copy
OLYMPUS DIGITAL CAMERA
4 copy
OLYMPUS DIGITAL CAMERA