जेष्ठ नागरिक संघ धादिङमा पुनः लम्साल

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज ८, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । जेष्ठ नागरिक जिल्ला संघ धादिङको प्रथम अधिवेशन बिहिबार धादिङबेसी स्थित महिला तथा बालवालिका कार्यलय धादिङको हलमा सम्पन्न भएको छ । धादिङका जेष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चित गर्नको लागि गठन गरिएको संस्थाको प्रथम अधिवेशन सम्पन्न भएको हो ।
संघका अध्यक्ष बासुुदेव लम्सालको अध्यक्षतामा सम्पन्न भएको भेलाले पुनः बासुदेव लम्सालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको पुर्नगठन गरिएको छ ।
१३ सदस्यीय पुर्नगठित समितिको उपाध्यक्षमा कृष्णबहादुर कार्की, सचिवमा विष्णुभक्त श्रेष्ठ र कोषाध्यक्षमा भक्तकुमार श्रेष्ठ रहनुभएको छ ।
हुने खाने जागिरबाट अवकास दिएका जेष्ठ नागरीकहरुको मात्र हो कि ? भन्न मिल्ले यस संस्थामा अब सम्पूर्ण जेष्ठ नागरीकहरुको साझा संस्था बन्न सक्नु पर्छ । धादिङ कुम्पुर निवासी पृथ्वी राजमार्ग स्थित पिण्डा घाटबेसीमा देखिने कुम्पुर गाविस–७ पिपलटार निवासी यी ७१ वर्षिय रामबहादुर सेढाईको अहिले सम्म नागरीकता बन्न सकेको छैन । उनका भाईहरुको नागरीकता बनेको छ तर मेरो किन बन्दैन उनीको गुनासो कस्ले सुन्ने ? नगरीकता नहुँदा उनले अहिले सम्म बृद्धा बत्ता लिन पाएका छैनन् । यस्ता सयौ बृद्ध, बृद्धाहरु जिल्लाका कुना कन्दरामा छन् उनीहरुको पहिचान गरि यीनीहरुको अधिकारका लागि यस संस्थाले काम गरोस् हाम्रो पनि शुभकामना ।
थप समाचार
दिन भर चौतारामा बस्छन् चौतारामा बस्न आउनेले केहि दिए, खान्छन् । रात परेपछि बन्द सटर अगाडी पेटीमा सुत्छन् ।