किन सुते ? नवराज छत्कुलीको ओछ्यानमा महेन्द्र विष्ट

Avatar photo
Dhadingpost
बिहिबार, पुस २, २०७२

nnधादिङबेसी । नेपाल पत्रकार महासंघ अहिले वामपन्थी पत्रकारहरुको गठबन्धन छ । पत्रकार महासंघले केहि गर्लान कि भनेर सोचेका श्रमजीवि पत्रकारहरु यीनीहरुको तमसा देखे पछि दिग्दार बन्न थालेका छन् ।
अहिलेको प्रसङ्ग भने नवलपरासीको अलमटारी होमस्टेमा भएको महासंघको वैठकको हो ।
सदाको वैठक र भेटघाटमा जस्तै यो वैठक विदेसी रक्सीले ततायो । तर यसपटकको वैटकमा भने केन्द्रिय अध्यक्ष आफ्नो ओछ्यानमा सुत्न पाएनन् धादिङका अध्यक्ष नवराज छत्कुलीको ओछ्यान पुगे । किनकी उनको ओत्यनमा रक्सीले मातेका जड्या पत्रकार महासंघका एक सदस्यले पिसाव गरि दिएछन् । यो खवर जनआस्थाले छापेको छ ।
यतिसम्म कि महासंघको बैठक डाकिए पनि माइन्युट समेत नलगेको, महासचिवले संगठन विभाग प्रमु्ख भए पनि सांगठनिक काममा काबिलता नदेखाएको समाचारमा उल्लेख छ । अघिल्लो बैठक लमजुङको घलेगाउँमा राख्दा बाटोमा गाडी रोकेर पिशाब फेर्न जाने भन्दै पत्रकार नेता भट्टी पसेको र खोज्दैमा हैरान भन्दै समाचार आएको थियो ।
अब अर्को कुन पर्यटकीय गाउँमा बैठक राखेर यस्तै उधूम मच्चाउने हुन्, इमान जमानका पत्रकारहरुले चैँ यस्तो समाचार आएपछि ‘आहाल्ल्ल्ल्ल्ल्‘।’ भन्दै जिब्रो निकाल्दा आठौँ आश्चर्य हुनेछैन । महासंघका विषयमा जनआस्थाले लेखेका समाचार गलत हुन् भनेर महासंघले खण्डन गरेको पनि पाइएको छैन ।
मुलुकभरका पत्रकारको साझा संस्था हो नेपाल पत्रकार महासंघ । पछिल्लो समय त्यहाँ काँग्रेसी पत्रकारहरु अल्पसंख्यकमा छन् र अल्पसंख्यक माओवादी पत्रकारहरु चैँ पल्लाभारी छन् । अघिल्लो कार्यकालमा काँग्रेसका सदावहार उम्मेदवार पोषण केसीलाई हराएर शिव गाउँले अध्यक्ष बने । डेढ वर्षअघि यिनै केसीलाई हराएर डा. महेन्द्र विष्ट अध्यक्ष बनेका थिए ।