रामकोट वचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २९, २०७२

Ramkot2धादिङबेसी । रामकोट वचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटैाँ बार्षिक साधारण सभा सम्पन्न भएकोछ ।
छोटो समयमै रामकोट सहकारीले झण्डै डेड करोडको कारोबार गरि उत्पादनमूलक लगानी र डेड लाख रुपैयाँ बचत समेत गर्न सफल यस सहकारीको साधारण सभामा नीलकण्ठ नगरपालिका स्थित रामकोटमा सम्पन्न भएको हो ।
साधारण सभालाई प्रमुख अतिथि धादिङका प्रमुख जिल्ला अधिकरी दिपकाराज काफ्ले, एक्सन नेपालका अध्यक्ष एवं नेपाली कांग्रेसका महासमिति सदस्य भीम प्रसाद ढुंगानाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा असल रिणी तथा बाल बचत कर्ताहरुलाई समेत प्रशंसापत्र र स्टेशनरी सामाग्री प्रदान गरिएको छ ।
रामकोट सहकारीका अध्यक्ष हेमराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न छैटौँ साधारण सभामा सहकारीले आर्थिक बर्ष २०७१÷०७२ मा कूल १ करोड ३९ लाख ४६ हजार ४ सय ३४ रुपैँयाको कारोबार गरि १ लाख ५१ हजार ९ सय ४ रुपैयाँ खुद मुनाफा गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।